विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वहरूलाई सिक्किम अवार्ड प्रदान गरिने

IMG-20220920-WA0184.jpg

गान्तोक: सामाजिक कार्यमा सक्रिय गान्तोक आधारित एउटा गैर सरकारी सङ्गठन निर्मला देवी फाउण्डेशनले पछिल्ला केही वर्षदेखि मिस सिक्किम सुन्दरी प्रतियोगिता आयोजना गर्दै आएको अर्को सङ्गठन पोजिट्यूट-सितको सहकार्यमा विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गर्नेहरूलाई सम्मान जनाउँदै ‘सिक्किम अवार्ड’ प्रदान गर्ने भएको छ। निर्मला देवी फाउण्डेशनको पक्षमा अनिशा छेत्री अनि अन्यले पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएका छन्। उनीहरूले जानकारी गराएअनुसार जम्मा ४३ वटा क्षेत्रमा यो पुरस्कार प्रदान गरिनेछ। सिक्किम अवार्ड प्रदान गर्नुको मुख्य उद्देश्य विभिन्न क्षेत्रमा काम गर्दै आएका सङ्घ संस्था तथा व्यक्ति विशेषको कामको मूल्याङ्कण गर्नुको साथै उनीहरूमा थप ऊर्जा भर्नु रहेको बताइएको छ।

सुश्री अनिशा छेत्रीले बताएअनुसार ‘सिक्किम अवार्ड’ अलङ्करण समारोह आगामी २२ अक्टोबरको दिन रानीपुल नजिक होटल मे फेयरमा सम्पन्न हुनेछ। यसरी विभिन्न क्षेत्रलाई समेटेर एउटै कार्यक्रममा पुरस्कार प्रदान गरिएको सिक्किम राज्यमै यो पहिलोपल्ट हुने उनको दावी रहेको छ। उनले जानकारी गराएअनुसार यस पुरस्कारको निम्ति कसैलै पनि ठाउँ-ठाउँमा लगाइएका सिक्किम अवार्डको पोस्टरमा रहेको क्यूआर कोर्ड स्क्यान गरेर नामाङ्कण दर्ता गर्न सक्नेछन् जसलाई पनि निर्णायक मण्डलीले छानबिन गरेर विजेताको चयन गर्नेछन्। ४३ मध्ये कही वर्गको विजेताहरूलाई भने निर्णयक मण्डलीले सोझै चयन गर्ने पनि आयोजक पक्षले जानकारी गराएको छ।

पुरस्कार अलङ्करण समारोहमा मुख्यमन्त्री प्रेम सिंह गोलेलाई मुख्य अतिथिको रुपमा निम्ताइएको निर्मला देवी फाउण्डेशनले जानकारी गराएको छ। यसको साथै कार्यक्रममा पर्यटन मन्त्री विशिष्ट अतिथि रहने जसको निम्ति मन्त्रीले स्विकृति प्रदान गरिसकेको सुश्री अनिशा छेत्रीले बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement