एशिया कपको निम्ति भारतीय हकी टीमको घोषणा

IMG-20250820-WA0084

नयाँ दिल्ली: बिहारको राजगीरमा हुने एशिया कपको निम्ति १८ सदस्यीय भारतीय टीमको बुधवार घोषणा गरियो, जसमा फरवर्ड शिलानन्द लाकड़ा र दिलप्रीत सिंहले आफ्नो स्थान कायम राखेका छन्। टुर्नामेण्ट २९ अगस्तदेखि ७ सेप्टेम्बरसम्म खेलिनेछ, जसमा च्याम्पियन हुने टीमलाई आउँदो साल हुने एफआईएच पुरुष हकी वर्ल्ड कपमा सीधा प्रवेश प्राप्त हुनेछ। वर्ल्ड कपको आयोजन १४-देखि ३० अगस्तसम्म नीदरल्याण्ड र बेल्जियममा हुनेछ। ड्र्याग फ्लिकर हरमनप्रीत सिंह टीमका कप्तान हुन्। राजिन्दर सिंह, लाकड़ा र दिलप्रीत अष्ट्रेलिया यात्रामा भारतीय टीमको हिस्सा थिए। राजिन्दरलाई शमशेर सिंहको स्थानमा चयन गरिएको छ जबकि लाकड़ाले हालै अन्तर्राष्ट्रिय हकीबाट सन्न्यास लिने ललित उपाध्यायको स्थान लिएका छन्। यसरी गुरजन्त सिंहको स्थानमा दिलप्रीतलाई टीममा राखिएको छ। स्ट्राईकर ललितले जूनमा एफआईएच प्रो लीगको यूरोप चरणपछि अन्तर्राष्ट्रिय हकीबाट सन्न्यास लिएका थिए। एशिया कपमा भारत ग्रुप ए-मा जापान, चीन र कजाखस्तानसँग रहेको छ। भारतले २९ अगस्तमा चीनविरुद्ध म्याचको साथ अभियान शुरु गर्नेछ। त्यसपछि ३१ अगस्तमा जापान र १ सेप्टेम्बरमा कजाखस्तानविरुद्ध म्याच रहेको छ। टीमको चयनबारे मुख्य प्रशिक्षक क्रेग फुल्टोनले भने, हामीले अनुभवी टीम चयन गरेका छौं। वर्ल्ड कप क्वालीफिकेशनलाई ध्यानमा राखेर एशिया कप हाम्रो निम्ति महत्त्वपूर्ण टुर्नामेण्ट हुनेछ। यसैकारण हामीलाई दबाउमा असल प्रदर्शन गर्ने खेलाड़ीको आवश्यकता पर्नेछ।
एशिया कपको निम्ति भारतीय पुरुष हकी टीम यसप्रकार रहेको छः
गोलकीपरः सूरज करकेरा र कृष्ण बी पाठक।
डिफेण्डरः हरमनप्रीत सिंह, अमित रोहिदास, जरमनप्रीत सिंह, सुमित, सञ्जय र जुगराज।
मीडफिल्डरः मनप्रीत सिंह, विवेक सागर प्रसाद, राजिन्दर, राज कुमार पाल र हार्दिक सिंह।
फरवर्डः मनदीप सिंह, अभिषेक, सुखजीत सिंह, शिलानन्द लाकड़ा र दिलप्रीत सिंह।
रिजर्वः नीलम सञ्जीप सेस र सेल्वम कार्ति।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement