मोहम्मद सालाह र मेरियोना केल्डेण्टी सालका सर्वश्रेष्ठ फूटबलर

IMG-20250820-WA0066

लण्डन: लिभरपूलका फरवर्ड मोहम्मद सालाहलाई मंगलवार प्रोफेशनल फूटबलर्स एसोसिएशन पुरस्कारहरूमा गत सत्रको निम्ति ईंग्लिश फूटबलमा सालका सर्वश्रेष्ठ खेलाड़ी चयन गरियो। यसरी महिलाहरूमा आर्सनलकी मीडफिल्डर मेरियोना केल्डेण्टीले यो पुरस्कार जितिन्। यस पुरस्कारको निम्ति ईंग्ल्याण्डमा क्लब फूटबल खेल्ने पेशादार खेलाड़ीहरूले मतदान गर्छन्। सालाहले रेकर्ड तेस्रोपल्ट यो पुस्कार जितेका छन्। मिस्रका यस ३३ वर्षीय अन्तर्राष्ट्रिय खेलाड़ीले प्रीमियर लीगको गत सीजनमा २९ गोल गरेर लिभरपूललाई रेकर्ड २०औं पल्ट च्याम्पियन बनाउनमा सहायता गरेका थिए। सालाहले यस वर्षको शुरुवातमा तेस्रोपलल्ट फूटबल राइडर्स एसोसिएशनको फूटबलर अव् द ईयर-को पुरस्कार पनि जितेका थिए। महिला वर्गमा २९ वर्षीय केल्डेण्टीले आर्सनलसँग आफ्नो गत सीजनमा असाधारण प्रदर्शन गरिन् अनि सबै प्रतियोगिताहरूमा १९ गोल गरिन्। एस्टन भिल्लाका मीडफिल्डर मोर्गन रोजर्सलाई सालका सर्वश्रेष्ठ पुरुष युवा खेलाड़ी चयन गरियो जबकि सर्वाधिक मूल्यमा आर्सनलमा सामेल हुने कनाडाकी स्ट्राईकर ओलिविया स्मिथले महिला वर्गमा यो पुरस्कार हासिल गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement