भारतीय टीममा शुभमन गिलको आगमनले सञ्जु सेमसनको स्थान संकटमा

IMG-20250820-WA0065

नयाँ दिल्ली: टी२० वर्ल्ड कपको ६ महिना अघि शुभमन गिललाई एशिया कपको टीममा सामेल गरिँदा भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) र टीम म्यानेजमेण्ट भविष्यको निम्ति सबै प्रारूपहरूमा एकजना कप्तानको नीतिमा अघि बढ़्न सक्ने स्पष्ट संकेत प्राप्त भएको छ। वर्तमानमा गिल टेस्ट टीमका कप्तान हुन्। यसरी रोहित शर्मा वनडे र सूर्यकुमार यादव टी२० इण्टरनेशनल टीमका कप्तान हुन्। गिललाई एशिया कपको टीममा स्थान मात्र नदिएर उनलाई अक्षर पटेलको स्थानमा उपकप्तान पनि बनाइएको छ। गिलले टेस्ट कप्तानको रूपमा ईंग्ल्याण्ड यात्रामा असाधारण प्रदर्शन गरेका थिए। उनले ईंग्ल्याण्डविरुद्ध ५ वटा टेस्ट म्याचको सीरीजमा आफ्नो ब्याटिंग र नेतृत्व क्षमताद्वारा प्रभावित गरेका थिए। यसैकारण मुख्य प्रशिक्षक गौतम गम्भीर र वर्तमान चयन समिति कप्तानीमा मामिलामा एकमत रहेको छ। फिटनेसको समस्या नभए गिलले दक्षिण अफ्रिका र जिम्बाब्वेमा हुने २०२७ वर्ल्ड कप र लस एञ्जिलिस ओलम्पिक २०२८-मा भारतीय टीमको कप्तानी गर्न सक्नेछन्।
यसबीच एशिया कपको टीमलाई ध्यानपूर्वक हेर्दा सञ्जु सेमसनको निम्ति चाहिँ चिन्ता बढ़ेको छ। उनलाई एशिया कपको निम्ति अन्तिम एकादशमा स्थान बनाउनु गाह्रो पर्नेछ। त्यहीमाथि टी२० वर्ल्ड कपको निम्ति रिषभ पन्त फिट रहे सेमसनको निम्ति टीममा स्थान बनाउनु मुश्किल हुनेछ। चयन समितिका प्रमुख अजीत अगरकरले हरेक प्रारूपमा एकैजना कप्तानको प्रसंगमा कुनै टिप्पणी नगरे पनि शीर्ष क्रममा गिलको उपस्थितिबारे भने, ईंग्ल्याण्डमा गिलले असल प्रदर्शन गर्ने हामी सबैलाई आशा थियो तर उनले हाम्रो अपेक्षाभन्दा राम्रो प्रदर्शन गरे। हामीसँग शीर्ष क्रमको निम्ति केही विकल्प रहेको छ अनि गिल असाधारण फर्ममा छन्। दुबईमा विरोधी टीम र परिस्थितिहरूलाई ध्यानमा राखेर अन्तिम एकादशको चयन हुनेछ। सेमसनले साधारणत शीर्ष ३-मा ब्याटिंग गर्छन् तर वर्तमान परिस्थितिहरूबीच उनले त्यहाँ स्थान पाउनु कठिन लागिरहेको छ। अभिषेक शर्माको चयन तय छ अनि दाहिने-देब्रे संयोजनको रणनीतिले गर्दा दोस्रो ओपनर गिल हुनसक्छन्। गुजरात टाइटन्सका कप्तान गिलले आईपीएलको गत सीजनमा ६०० भन्दा अधिक रन बनाएका थिए। सेमसनलाई अन्तिम एकादशमा सामेल गर्नको निम्ति तिलक वर्मालाई बाहिर गर्नु पर्नेछ तर तिलक देब्रे हातका ब्याटर हुन् अनि अफ् स्पिन बलिंग पनि गर्छन्। यसको साथमा उनको फील्डिंग पनि असल रहेको छ। सेमसनलाई म्याचमा खेलाउनुको अर्थ तेस्रोदेखि पाँचौं नम्बरमा सबै दाहिने हातका ब्याटर (सेमसन, सूर्यकुमार र हार्दिक पाण्ड्या) रहनेछन्, जसले ब्याटिंग संयोजन एकआयामी लाग्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement