विधानसभा उपाध्यक्ष लेप्चाद्वारा आचिङ जीपीयूको निरीक्षण भ्रमण

IMG-20220920-WA0183.jpg

गान्तोक: योक्सम टाशीडिङ निर्वाचन क्षेत्रका विधायक एवम सिक्किम विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चाले हिजो मल्लीस्थित आचिङ ग्राम पञ्चायत यूनिटको निरीक्षण गरे। यस अवसरमा यातायात विभागका अध्यक्ष बसन्त तामाङ, गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदा लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। निरीक्षणको क्रममा सर्वप्रथम टोलीले मल्ली गुम्बाका सदस्य साथै पञ्चायतहरूसँग अन्तक्रिया गरे। यस अवसरमा पञ्चायतहरूले सडकको अवस्था, साथै पीएचएससीमा नर्सहरूको कमी रहेको टोलीलाई जानकारी गरायो। आफ्नो सम्बोधनमा विधायक लेप्चाले आज पेश गरिएको सबै मागहरूलाई प्राथमिकता दिएर काम गर्ने आश्वासन दिए। यसरी नै उनले विभिन्न सुविधाबट वञ्चित आमाहरूको आर्थिकस्तर मजबुत बनाउने उद्देश्यले आमा योजना शुरू गरेकोमा मुख्यमन्त्री प्रेम सिंह तामाङलाई धन्यवाद दिए। राज्य सरकारद्वारा शुरू गरिएको योजनाहरू सही मानिसले पाउनु पर्ने र कसैलाई पनि भेदभाव नगर्ने र यसको निम्ति ग्रामीणस्तरमा गएर वास्तविकता बुझ्नु पर्ने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement