केर्न्स(अष्ट्रेलिया): दक्षिण अफ्रिकाले मंगलवार पहिलो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा अष्ट्रेलियालाई ९८ रनले पराजित गरी ३ वटा म्याचको सीरीजमा १-० को बढ़त हासिल गऱ्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले ५० ओभरमा ८ विकेट गुमाएर २९६ रन बनायो। त्यसपछि अष्ट्रेलिया ४०.५ ओभरमा १९८ रन बनाएर अलआउट भयो। दक्षिण अफ्रिकी स्पिनर केशव महाराजले ३३ रन खर्च गरी ५ विकेट लिए। उनले प्लेयर अव् द म्याचको ट्रफी हासिल गरे। पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाको तर्फबाट शीर्ष चार ब्याटरहरू प्रत्येकले योगदान दिए। ओपनर एडन मार्करमले सर्वाधिक ८२ रन बनाए। उनले रेयान रिकेल्टन (३३ रन) – सँग पहिलो विकेटको निम्ति १६.५ ओभरमा ९२ रनको पार्टनरशीप गरे। मार्करमले ८१ बल खेलेर ९ वटा चौका लगाए। रिकेल्टन र मार्कम आउट भएपछि कप्तान टेम्बा बावूमा र म्याथ्यू ब्रीत्ज्केले मिलेर तेस्रो विकेटको निम्ति ९२ रनको पार्टनरशीप गरी स्कोर २२ रनसम्म पुऱ्याए। बावूमाले ७४ बल खेलेर ५ वटा चौकाको साथ ६५ र ब्रीत्ज्केले ७ वटा चौका र एउटा छक्काको साथ ५६ बलमा ५७ -बनाए। अन्तिम ओभरहरूमा वियान मुल्डरले अविजित ३१ रन बनाए। अष्ट्रेलियाई बलरहरूमा ट्रेविस हेडले सर्वाधिक ४ विकेट लिए। जवाफमा अष्ट्रेलियालाई ओपनर मिचेल मार्शले असल शुरुवात दिलाए पनि स्पिनर महाराज आक्रमणमा आएपछि म्याचको रंग बद्लियो। मार्शले हेडसँग मिलेर पहिलो विकेटको निम्ति ४३ बलमा ६० रनको पार्टनरशीप गरे। प्रेनेलान सुब्रायनले हेडलाई आउट गरी पार्टनरशीप तोड़्नको साथै अष्ट्रेलियाको पतन शुरु भयो। महाराजले मार्नस लाबुशेन (१), क्यामरन ग्रीन (३), जोश ईंग्लिश (५), एलेक्स केरी (०) र आरोन हार्डी (४ रन) को विकेट लिएर अष्ट्रेलियाको चुनौती समाप्त गरे। मार्शले ९६ बल खेलेर सर्वाधिक ८८ रन बनाए। यसबाहेक बेन ड्वारशुइसले ३३ रनको योगदान दिए। सीरीजको दोस्रो वन डे म्याच २२ अगस्तमा खेलिनेछ।