हरमनप्रीतकी कप्तानीमा आईसीसी महिला वर्ल्ड कपको निम्ति भारतीय टीमको घोषणा

IMG-20250820-WA0000

मुम्बई: आईसीसी महिला वनडे वर्ल्ड कपको निम्ति बीसीसीआई ले भारतीय महिला टीमको घोषणा गऱ्यो। हरमनप्रीत कौरकी कप्तानीमा रहने भारतीय टीममा पेस बलर रेणुका सिंहको आगमन भएको छ जबकि शेफाली वर्मालाई मौका प्राप्त भएन। यस साल वनडे वर्ल्ड कप भारत र श्रीलंकाको संयुक्त आयोजनमा हुनेछ। यस वैश्विक टुर्नामेण्टको शुरुवात ३० सेप्टेम्बरमा हुनेछ अनि फाइनल २ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा ८ वटा टीमले हिस्सा लिनेछ, जसमा भारत, अष्ट्रेलिया, ईंग्ल्याण्ड, दक्षिण अफ्रिका, न्यूजील्याण्ड, श्रीलंका, बंग्लादेश र पाकिस्तान सामेल छ। सातपल्टको च्याम्पियन अष्ट्रेलिया यस टुर्नामेण्टको सबैभन्दा सफल टीम हो। बीसीसीआई ले आज अष्ट्रेलियाविरुद्ध वनडे सीरीजको निम्ति पनि भारतीय टीमको घोषणा गऱ्यो।
महिला वर्ल्ड कप २०२५-को निम्ति भारतीय टीम यसप्रकार छः हरमनप्रीत कौर (कप्तान), स्मृति मन्धना (उपकप्तान), प्रतिका रावल, हरलीन देओल, दीप्ति शर्मा, जेमिमा रोड्रिग्स, रेणुका सिंह ठाकुर, अरुन्धति रेड्डी, रिचा घोष (विकेटकीपर), क्रान्ति गौड़, अमनजोत कौर, राधा यादव, श्री चरणी, यास्तिका भाटिया (विकेटकीपर) र स्नेह राणा।
अष्ट्रेलियाविरुद्ध वनडे सीरीजको निम्ति भारतीय टीम यसप्रकार छः हरमनप्रीत कौर (कप्तान), स्मृति मन्धना (उपकप्तान), प्रतिका रावल, हरलीन देओल, दीप्ति शर्मा, जेमिमा रोड्रिग्स, रेणुका सिंह ठाकुर, अरुन्धति रेड्डी, रिचा घोष (विकेटकीपर), क्रान्ति गौड़, सयाली सतघरे, राधा यादव, श्री चरणी, यास्तिका भाटिया (विकेटकीपर) र स्नेह राणा।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement