गान्तोक: सिक्किम विश्वविद्यालको बायोटेक किसान हब, सीएइपीएचटी रानीपुल र एम ४ एग्रीको संयुक्त पहलमा आज रानीपुलस्थित सीएइपीएचटी-को प्रेक्षागृहमा दुईदिवीय कार्यक्रम आयोजना गरियो। राज्यका कृषक र वैज्ञानिकहरूमाझ अन्तरक्रिया साथै आइसीटीबारे कृषकहरूलाई जागरूक गराउने उद्देश्यले आयोजित दुई दिवसीय कार्यक्रमको उदघाटन समारोहमा राज्यका कृषि विभाग मन्त्री लोकनाथ नेपाल मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। यस अवसरमा सिक्किम विश्वविद्यलयका उपकूलपति अभिनाष खरे, विद्यार्थीवर्ग, कृषकवर्ग, वैज्ञानिकहरू साथै केन्द्र सरकारको विभिन्न संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेपालले कृषि र पशुपालन भनेको मानव समाजको पूर्ण अपरिहार्यता र जीवन बचाउने पेशा रहेको बताए। उनले ग्रामीण क्षेत्रमा कृषि र बागवानी खेतीलाई बढावा दिन सिक्किम विश्वविद्यालय र सीएयूको भूमिकाको प्रशंसा गरे। राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको नेतृत्वमा कृषि क्षेत्रमा कृषकहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले नयाँ तकनिकी अनुसार विभिन्न प्रकारको मशिन उपलब्ध गराउँदै आइरहेको बताए।मन्त्री नेपालले राज्य सरकारले कृषि क्षेत्रमा गरेका विभिन्न पहलबारेमा प्रकाश पार्दै सहभागीहरुलाई कृषि तथा पशुपालनको यो आकर्षक पेशा अपनाउन उत्प्रेरित गरे। उनले यस दुई दिवसीय तालिम सत्रबाट पर्याप्त ज्ञान प्राप्त गरी आत्मनिर्भर हुने सुझाउ दिए।
उनले यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा सिक्किम विश्वविद्यालय र केन्द्रीय कृषि विश्वविद्यालयलाई बधाई दिए। राज्यका कृषकहरूलाई केशर खेतीको निम्ति एक क्विन्टल बीउ प्रदान गर्ने पनि जानकारी गराए। यसै क्रममा सिक्किम विश्वविद्यालयका उपकूलपति अभिनाष खरेले आफ्नो सम्बोधनमा किसान समुदायमा उचित प्रविधिको प्रसारको महत्त्वलाई प्रकाश पारे। उनले कृषकको हितमा सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गर्दै विश्वविद्यालयको तर्फबाट पूर्ण सहयोग गर्ने आश्वासन पनि दिए।