मल्ली र पाकिममा ड्रग्ससितै दुई पक्राउ

IMG-20250819-WA0133

गान्तोक: हिजो साँझ मल्ली चेकपोस्टमा जाँचको क्रममा एक युवकलाई ड्रग्ससितै पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी जोरथाङ निवासी शिवकुमार गदाइलीकोरूपमा चिन्हित गरेको छ। आरोपी सिक्किम प्रवेश गर्ने क्रममा पुलिसले जाँच गर्दा भारी मात्रमा ड्रग्स फेलापारेपछि पक्राउ गरेको हो। उनी एउटा ट्याक्सीमा आइरहेका थिए। पुलिसले जानकारी गराएअनुसार बंगालबाट सिक्किम फर्किँदै गरेको एक ट्याक्सीमा आरोपी सिक्किमतिर आउँदै थिए। मल्ली पुलिसले जाँचको क्रममा भारी मात्रामा ड्रग्स फेलापारेपछि पक्राउ गरेको बताएको छ। आरोपीविरूद्ध पुलिसले मल्ली थानामा सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ। यसरी नै पाकिम जिल्ला पुलिसले आज ब्राउन सुगरसितै एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी मिलन छेत्री उर्फ मिन्टुकोरूपमा चिन्हित गरेको छ। आरोपी छेत्रीलाई पाकिम एसएनटी काउण्टर परिसरबाट पक्राउ गरेको हो। पुलिसले आरोपीबाट १५.९७ ग्राम् ब्राउन सुगर फेला पारेको छ। पुलिसले थप जानकारी गराएअनुसार आरोपीले वाहन एसएनटी परिसरमा पार्क गरेका थिए। ब्राउन सुगर बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरेको हो। पुलिसले आरोपीविरूद्ध एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement