
यो शहरमा पत्थर बस्ने मन्दिर छ
अनि नेताहरू जति सबै कविर छ।
यस्तै हल्लाहरूमा छोरोको लागि
आमाको आँखामा अथाह पीर छ।
बेलाबेला चडकिन्छ जाति अस्तित्व
शहिद बनिहाल्ने लहरै तस्वीर छ।
यतैकतै अल्झेको छ मुद्धाको पोको
आश्वासनमा नै बस्ने हाम्रो तक्दिर छ।
भूगोलसँगै आएको हाम्रो इतिहास छ
फेरि भन्छन् अस्तित्व अझ गम्भीर छ।