दार्जीलिङ: ३४औं भाषा मान्यता दिवसको उत्सव अवधि भाषा संग्रामी तथा पूर्व सांसद आरबी राईलाई भाषा सेवा सम्मान पुरस्कारद्वारा अभिनन्दन जनाइने भएको छ। तीन दशक लामो भाषा मान्यता आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने आरबी राईको साथमा दार्जीलिङ अनि कालेबुङ क्षेत्रका संग्रामीहरुलाई पनि नागरिक अभिनन्दन जनाइने जीटीए सूचना एवं सांस्कृतिक विभागीय सभासद अनोश थापाले जानकारी गराएका छन्।
अर्कोतिर भोलि पालन गरिने भाषा मान्यता दिवसलाई जीटीए सूचना एवं सांस्कृतिक विभाग अनि नेपाली भाषा समारोह समितिले उत्सवको रुपमा पालन गर्ने जानकारी दिएका छन्। यसलाई केन्द्र गरेर आउँदो २५ अगस्त चौरस्ता परिसरबाट आरम्भ गरिने उक्त ३४औं भाषा मान्यता दिवस उत्सवको अन्तिम दिन ३१ अगस्त गोर्खा रङ्गमञ्च भवनमा अन्तर्राष्ट्रिय स्तरका लोक दोहोरो आयोजना संयुक्त प्रेस भेलामा बताइको छ।
अर्कोतिर समापन दिवसको अवसरमा गोर्खा दु:ख निवारक सम्मेलन भवनबाट आरम्भ हुने सांस्कृतिक शोभा यात्रामा भाषिक एकता दर्शाउन जातगोष्ठीको नभएर नेपाली भाषा समारोह समितिको सिङ्गो ब्यानर प्रदर्शन गरिने अपिल गरिएको छ।