मङ्पुमा नेपाली भाषा नेपालको हो भन्ने विषयलाई लिएर ईण्डियन गोर्खा जनशक्ति फ्रण्टद्वारा विरोध गर्दै दार्जिलिङमा पोष्टरिङ

IMG-20250819-WA0120

दार्जिलिङ: आज ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले दार्जीलिङ बजार परिसरमा पोष्टरिङ गरेका छन्। हिजो मङ्पु अदालतका प्रथम श्रेणीको न्यायिक मजिस्ट्रेटले नेपाली भाषा भारतको भाषा होइन, नेपाली भाषा नेपालको हो, नेपाली नबोल भन्ने अपमानजनक रुपमा‌ बताएको भन्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले यसको कडा शब्दमा विरोध गर्दै पोष्टरिङ गरेका छन्। ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको तर्फबाट यसको विरोधमा दार्जिलिङ बजारको विभिन्न स्थानहरुमा पोस्टरिङ गरेर विरोध जनाएका छन्।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको नेतृत्व राब्गे गोर्खा राईले‌ भने, ‘एक महिना नबित्दै धेरैचोटी गोर्खा जाति अनि मातृभाषा नेपालीमाथि अपमानजनक वक्तव्यहरूको घटना घट्दै छन्। सरकार अनि प्रशासनले यस कुरामा गम्भीर भएर ध्यान दिनुपर्छ। अब उपरान्त यस्तो घटना घटे यहाँ फेरि आन्दोलन हुनसक्छ। त्यसबेला सरकार र प्रशासनले आन्दोलनकारीहरूलाई दोष नदिनु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement