समाचार पत्रको महत्व विषयमा मामरिङ तोरयोक उच्चतर माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न

IMG-20250819-WA0117

खरसाङ: खरसाङ‌ महकुमा अन्तर्गत सिटोङ दुई ग्राम पञ्चायतमा रहेको मामरिङ तोरयोक उच्चत्तर माध्यमिक विद्यालयमा समाचार पत्र र यसको महत्व विषयमा विद्यार्थीहरुलाई लिएर सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। भारतको पहिलो रंगीन समाचार पत्र हिमालय दर्पणको विद्या दर्पणमा एक पृष्ठ सबै मामरिङ तोरयोक उच्चत्तर माध्यमिक विद्यालयको विषयमा सोमबारको अंकमा लेख प्रकाशित गरिएको थियो। मामरिङ तोरयोक उच्चत्तर माध्यमिक विद्यालयको सह शिक्षक जनार्दन शर्मा र दार्जीलिङका‌ वरिष्ठ पत्रकार मोहन लामाद्वारा प्रस्तुत गरिएको लेखमा विद्यालय विषयमा विस्तृत लेख प्रकाशित गरिएको थियो। यस विषयमा हिमालय दर्पणको‌ प्रतिनिधिको रुपमा खरसाङका‌ पत्रकार हनोक थापा र अभिषेक गोयल उपस्थित रहेका थिए।‌ यस अवसरमा विद्यालयहरुका विद्यार्थीहरुलाई लिएर खबर कागतको महत्व विषयमा कार्यक्रम सम्पन्न भएको छ।

सह शिक्षक जनार्दन शर्माले सञ्चालन गरेको कार्यक्रममा समाचार पत्रको‌ महत्व साथै हिमालय दर्पण विषयमा विद्यार्थीहरुलाई पत्रकार हनोक थापाले विस्तृत रुपमा सचेतनामूलक वक्तव्य राखेका थिए। उनले समाचार पत्र र पुस्तकहरु पढ्नु किन महत्वपूर्ण छ भन्ने विषयमा बताएका थिए। कार्यक्रममा मामरिङ तोरयोक उच्चत्तर माध्यमिक विद्यालयका प्रधान अध्यापक किरण लामाले आभार प्रकट गरेका छन्। उनले विद्यार्थीहरुलाई समाचार पत्र पढ्नु महत्वपूर्ण रहेको पनि बताएका छन्।‌ कार्यक्रममा शिक्षक शिक्षिकाहरु, अशिक्षणकर्मी र विद्यार्थीहरु उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement