च्याखुङ वरिष्ठ माध्यमिक विद्यालयमा विज्ञान प्रदर्शनी आयोजित

IMG-20220920-WA0180.jpg

गान्तोक: सोरेङ जिल्लाको च्याखुङ वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षागृहमा विज्ञान प्रदर्शनी आयोजना गरियो। यस अवसरमा मुख्य अतिथिकोरूपमा महकुमा अधिकारी डीआर बिष्ट रहेका थिए। यसरी नै विशिष्ट अतिथिहरूमा शिक्षा विभागका कनिष्क निर्देशक एसपी शर्मा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। आजको यस विज्ञान प्रदर्शनी प्रतियोगितामा निर्णायक मण्डलीकोरूपमा सहप्रध्यापक डा. प्रेम चन्द्र राई, डा. जिग्मी थुप्देन भोटिया, र सुनिल छेत्री रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि बिष्टले यस प्रदर्शनीमा अंशग्रहण विद्यार्थीहरूलाई बधाई दिँदै कठोर परिश्रम गरेर प्रदर्शनी आयोजना गरेकोमा उनले खुशी प्रकट गरे। उनले पूर्व राष्ट्रपति डा. अब्दुल कलामको तीन वटा प्रसिद्ध कोटेसन पढेर विद्यार्थीहरूलाई सुनाए।

यसै क्रममा डा. पीसी राईले सर्वप्रथम विद्यार्थीहरूलाई यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा प्रोत्साहित गर्दै यसलाई निरन्तरता दिनुपर्ने सुझाउ दिइन्। आज प्रदर्शनीमा राखिएको सोलर एनर्जीबाट आफू प्रभावित बनेको बताइन्। सोही प्रकारले प्राचार्य राईले यस कार्यक्रम आयोजना गरिएको मुख्य औचित्य र उद्देश्यबारे प्रकाश पारिन्। आयोजक समितिले यस प्रकारको कार्यक्रम प्रत्येक वर्ष भव्यरूपमा पालन गर्ने योजना बनाएको अवगत गराइन्। आजको यस प्रदर्शनीमा उत्सव छेत्री र अबरोन राई प्रथम बनेका छन् भने सिमोना दाना, सुक्रिति गुरूङ, आशना विश्वकर्मा र प्रनिसा शर्मा दोस्रो र सौरब राई र थुप्देन गुरूङ तेस्रो भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement