खरसाङ: खरसाङ महकुमा अनि शहर समिति युवा शक्तिको संयुक्त आयोजनामा खरसाङ शहरका दोकानपाट, पसल, सरकारी गैरसरकारी संस्थाहरूमा आगमी ३० अगस्त २०२५ सम्म अन्य भाषासँगै नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाइसक्नु पर्ने सूचना जारी गर्दै दोकानेहरूलाई जानकारी गराएका छन्। नेपाली भाषाले धेरै सङ्घर्ष गरेपछि आठौँ अनुसूचिमा मान्यता पाएपछि हाल राज्य सरकारले उक्त भाषालाई सम्मन जनाउँदै सारकारी, गैर सरकारी संघसंस्था, दोकानपाट, पसलहरूमा नेपाली भाषामा लेखिएको साईन बोेर्ड अनिवार्य रूपले लगाउनु पर्ने अध्यादेश जारी गरेपछि जीटीए क्षेत्रका सम्पूर्ण सरकारी, गैर सरकारी संघ संस्थाहरूले राज्य सरकार अनि जीटीएको आदेशलाई पालना गरिदिने आह्वान गर्दै खरसाङ महकुमा समिति युवा शक्ति पेबेन्द्र गुरुङ अनि शहर समिति सभापति बन्दन लामाको नेतृत्वमा युवाहरूको एक टोलीले खरसाङ शहर परिक्रमा गरे। यस कार्यक्रममा टुङ्ग सन्तमेरिज समष्टि, सोनादा पच्चेङ समष्टि, पंखाबारी, अम्बटे लङ्भ्यू समष्टि, लाट सिटोङ्ग समष्टि , चिम्नी देवराली समष्टि अनि खरसाङ शहर समितिको युवा शक्ति सदस्य लगायत केन्द्रीय, महकुमाका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।