पाँचौँ भानुभक्त शैक्षिक सम्मान प्रदान गरिने

IMG-20250819-WA0109

सिलगढी: शिक्षा, जसले व्यक्ति र समाजलाई उज्ज्वल भविष्यको बाटो देखाउँछ त्यही प्रकाशलाई सधैँ प्रज्वलित राख्न खोलाचन्द फाप्री भानुभक्त जन पुस्तकालयले विगत पाँच वर्षदेखि फाराबारीदेखि सेवक बजारसम्मका गाउँहरुका माध्यमिक र उच्च माध्यमिक परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण हुने नेपाली भाषी विद्यार्थीहरूलाई “भानुभक्त शैक्षिक सम्मान” प्रदान गर्दै आएको छ।
यस वर्ष आगामी २० अगस्त २०२५ को दिन ३४औँ नेपाली भाषा मान्यता दिवसको अवसरमा २३ जना उत्कृष्ट विद्यार्थीहरूलाई पाँचौँ भानुभक्त शैक्षिक सम्मान २०२५ प्रदान गरिने भएको छ।
उक्त सम्मान समारोह पुस्तकालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ। यसदिनको कार्यक्रममा क्षेत्रका विशिष्ट व्यक्तित्व, शिक्षक-शिक्षिका, भाषाप्रेमी, साहित्यप्रेमी साथै विद्यार्थी एवं अभिभावकहरुको उपस्थिति रहने पुस्तकालयका सचिव नितेश थापा एवं अध्यक्ष राहुल मङ्गरले जानकारी गराएका छन्।
स्मरण रहोस्, विगत चार बर्षमा पुस्तकालयको तर्फबाट एकसय दस जना विद्यार्थीलाई सम्मान प्रदान गरिसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement