सिनसिनाटी: विश्वका नम्बर एक खेलाड़ी यानिक सिनर अस्वस्थ भएर पहिलो सेटमै रिटायर हुँदा स्पेनका कार्लोस अल्काराजले सिनसिनाटी ओपन टेनि टुर्नामेण्टमा पुरुष एकल खिताब जिते। टुर्नामेण्टमा अल्काराजको पहिलो खिताब हो। यी दुई खेलाड़ीबीच यस साल चौथोपल्ट अनि विम्बल्डनपछि पहिलोपल्ट फाइनलमा भिड़न्त भएको थियो तर इटलीका सिनरको शुरुवात असल रहेन अनि पहिलो सेटमा लगातार गल्तीहरूले गर्दा उनी ५-०-ले पछाड़िए। ब्रेकको अवधि उनको शीरमा आइस प्याक लगाइएको देखियो अनि केवल २२ मिनट खेलेपछि उनले म्याचबाट हट्ने फसेला गरे। यसरी स्पेनिश खेलाड़ी अल्काराजले च्याम्पियन हुन अधिक मेहनत गर्नु परेन। सिनरले भने, “मलाई असल अनुभव भइरहेको थिएन। मलाई रातभरिमा स्थितिमा सुधार आउने लागेको थियो तर त्यस्तो भएन। म केवल दर्शकहरूका निम्ति कोर्टमा ओर्लिने प्रयास गरिरहेको थिएँ तर मेरो निम्ति खेल जारी राख्नु कठिन भयो।” सिनसिनाटी ओपनमा यो केवल तेस्रो अवसर हो जब कुनै खेलाड़ीले हट्ने फसेला गर्दा पुरुष एकलको फाइनल पूरा हुन सकेन। यसअघि अन्तिमपल्ट २०११-मा यस्तो भएको थियो जब नोवाक जोकोविचले काँधको चोटले गर्दा दोस्रो सेटमा म्याच छोड़्ने फसेला गरेका थिए। यस हारको साथै सिनरको हार्ड कोर्टमा लगातार २६ वटा जीतको क्रम पनि तोड़ियो।
यसरी महिला एकलमा विश्वकी तेस्रो नम्बरकी खेलाड़ी इगा स्वियातेकले सातौं नम्बरकी खेलाड़ी जेस्मिन पाओलिनीलाई ७-५, ६-४-ले पराजित गरी यहाँ पहिलोपल्ट खिताब जितिन्। पोल्याण्डकी स्वियातेक यसअघि टुर्नामेण्टमा सेमिफाइनलभन्दा अघि बढ़्न सकेकी थिइनन्। उनी गत २ साल सेमिफाइनलमा पुगेकी थिइन् तर २०२३-मा कोको गौफ र २०२४-मा एरीना सबालेंकाविरुद्ध पराजित भएकी थिइन्। स्वियातेकले भनिन्, “यस जीतको अलग महत्त्व छ। यस साल मैले तय गरेकी लक्ष्यहरूमा यहाँ खिताब जित्नु पनि सामेल थियो। यूएस ओपन अघि यहाँ जीत हासिल गरेर खुशी छु।” स्वियातेकले इटलीकी खेलाड़ीविरुद्ध अहिलेसम्म ६ वटा म्याच खेलेर जम्मै जितेकी छन्। यस अवधि उनले केवल एक सेट गुमाएकी छन्। पाओलिनीले पहिलो सेटमा ३-०-को बढ़त हासिल गरेकी थिइन् तर स्वियातेकले पनि पुनरागमन गर्दै चाँड़ै स्कोर ५-३ पुऱ्याइन्। पाओलिनीले पछिबाट सर्विस तोड़ेर ५-५-को बराबरी हासिल गरे पनि स्वियातेकले पहिलो सेट ५६ मिनटमा जितिन्। यसरी म्याचको आठौं ऐसले स्वियातेकलाई दोस्रो सेटमा ५-३-को बढ़त दिलायो। पाओलिनीले दोस्रो सेटमा २ पल्ट सर्विस तोड़िन् तर स्वियातेकले म्याच जितेर आफ्नो करियरको २४औं एकल खिताब जितिन्।