नाबालिगसित दुष्कर्मको आरोपमा वृद्ध पक्राउ

jail-arrested-arrest-prison2

गान्तोक: पाँच वर्षीया नाबालिगसित दुष्कर्म गरेको आरोपमा साइनोले पीडिताकी बाजे पर्ने एक वृद्धलाई मल्ली पुलिसले पक्राउ गरेको छ। घटना गत ८ अगस्तको बताइएको छ। घटनाक्रमअनुसार त्यस दिन बालिका आफ्नो घरको छेवैमा रहेको आरोपी जो उनको बाबुको मामा हुन्-को घर नजिक खेल्दै थिइन्। खेल्दै गरेकी बालिकालाई वृद्धले फकाएर आफ्नो बेडरुममा लगेको अनि दुष्कर्म गरेको आरोप छ।
घटनाको केही दिन पछि बालिकाले आफूसित भएको उक्त यौन दुर्व्यवहारबारे आफ्नो परिवारका जेष्ठ्य सदस्यहरूलाई बताएकी थिइन्। त्यसैको आधारमा पीडिताकी आमा-बाबुले मल्ली थानामा प्राथमिकी दर्ता गराउनुको साथै चाइल्ड वेलफेयर कमिटीमा पनि उजुरी गरेका थिए।

About Author

Advertisement