खादी बोर्डका नवनियुक्त अध्यक्ष र सल्लाहकारले ग्रहण गरे कार्यभार

IMG-20250818-WA0107

गान्तोक: सिक्किम खादी अनि ग्रामीण उद्योग बोर्डका नव नियुक्त सल्लाहकार डीबी ठटाल र अध्यक्ष दीपक कुमार गुरूङले आज आधिकारिकरूपमा आफ्ना कार्यभार सम्हालेका छन्। यस अवसरमा सम्बोधन राख्दै सल्लाहकार ठटालले खादी बोर्ड भारतको स्वतन्त्रता प्राप्तिको अभिन्न अंग बताए। महात्मा गान्धी र डा. बीआर अम्बेडकरको योगदानलाई उद्धृत गर्दै सल्लाहकारले खादी मार्फत आत्मनिर्भर हुने विषयमाथि जोर दिए। खादीले देशलाई स्वतन्त्र बनाउनमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सहयोग पुऱ्याएको पनि उनले थप बताए।
सल्लाहकार ठटालले बोर्डका अधिकारीहरूलाई एक भएर खादी उद्योगहरूको पुनरुत्थान गर्ने दिशामा काम गर्न आग्रह गरे। यसको साथै उनले अधिकारीहरूलाई उनीहरूको गुनासो र समस्याहरू छ भने सरकारसमक्ष पुऱ्याउन व्यक्तिगत रूपमा खादी केन्द्रहरूको भ्रमण गर्ने बतएका छन्।
यसरी नै अध्यक्ष दीपक कुमार गुरुङले आफ्नो सम्बोधनमा देशको स्वतन्त्रतामा खादीको महत्त्वलाई दोहोऱ्याए। उनले अधिकारीहरूलाई आफ्ना गुनासोहरू लिएर अघि आउन र खादी उद्योगलाई पुनरुत्थान गर्न एक टोलीको रूपमा काम गर्न आग्रह गरे।
बोर्डका प्रमुख कार्यकारी अधिकारी ग्युर्मी युसलले आफ्नो सम्बोधनमा राज्यमा खादी उद्योगको संक्षिप्त इतिहास प्रस्तुत गरे। उनले सल्लाहकार र अध्यक्षलाई बोर्डको उद्देश्य र प्रशासनिक संरचनाबारेमा विस्तृतरूपमा जानकारी गराए। उनले बोर्डका गतिविधिहरू र यसको वर्तमान स्थितिबारे पनि विस्तृत प्रतिवेदन प्रस्तुत गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement