गान्तोक: राज्य सरकारको विज्ञान तथा प्रविधि विभागका आज नवनियुक्त अध्यक्ष नोर्बु छिरिङ भोटिया र सल्लाहकार तिलक बस्नेतले आजदेखि आफ्नो कार्यभार सम्हालेका छन्। यस अवसरमा उनीहरूलाई विभागका अधिकारीहरूले स्वागत जनाएका थिए।
यस अवसरमा पुनर्निर्मित सम्मेलन हलको उद्घाटन, आधिकारिक विभागको वेबसाइटको उद्घाटन, आधिकारिक क्रिकेट जर्सीको अनावरण र सरकारी अधिकारीहरूको लागि एआई प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरियो। कार्यक्रममा अध्यक्ष र सल्लाहकारलाई विभागको प्रगतिसँग परिचित गराउन सबै विभागद्वारा विस्तृतरूपमा प्रस्तुत गरियो। यस अवसरमा विभागका कर्मचारी सदस्यहरूलाई उनीहरूको समर्पित सेवा र योगदानको सम्मानमा प्रशंसा प्रमाणपत्र पनि प्रदान गरियो।
कार्यक्रममा मुख्य अतिथिकोरूपमा मन्त्री पिन्छो नामग्याल लेप्चा रहेका थिए भने उनको साथमा विभागका सचिव डा. सन्दीप ताम्बे, प्रमुख निर्देशक धिरेण श्रेष्ठ लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। यस अवसरमा विशिष्ट व्यक्तिहरूले राज्यको विकासमा विज्ञान र प्रविधिको महत्वपूर्ण भूमिकामाथि जोर दिँदै विभागलाई अझ बढी प्रगतितर्फ डोऱ्याउन नयाँ अध्यक्ष र सल्लाहकारलाई शुभकामना दिए।