रंगबूलस्थित गणेश मन्दिरमा ‘श्रीगणेश चतुर्थी पर्व’ पालन गरिने

IMG-20250818-WA0091

सोनादा: विगतका वर्षहरूमा झैं यस वर्ष पनि रंगबूल फाटकमा अवस्थित गणेश मन्दिरमा ‘श्रीगणेश चतुर्थी पर्व आगामी २७ अगस्तदेखि ६ सेप्टेम्बर २०२५ सम्म भक्तिभावको साथ पालन गरिने भएको छ। नियमित दैनिक पूजा पूर्वान्ह १० बजेदेखि अपरान्ह १:३० बजेसम्म हुनेछ अनि बेलुकी प्रत्येक दिन सन्ध्याकालीन भजन-कीर्तनको कार्यक्रम रहनेछ। ६ सितम्बर अन्तिम दिन बिहान ९ देखि हवन त्यसपछि पूर्णाहूति टीका-प्रसाद साथै भण्डारा वितरण गरिनेछ। अन्त्यमा धन्यवाद ज्ञापनपछि विसर्जनको कार्यक्रम सम्पन्न हुने भएको छ। सम्पूर्ण भक्तजनलाई सादर निमन्त्रणा जनाउँदै भगवान गणेशजीको यस पावन पर्वमा सहभागीभई पुण्य अर्जित गर्न आयोजक समितिको तर्फबाट आह्वान् गरिएको छ भनी सङ्कटमोचन विनायक मन्दिर कमिटि, रंगबूलको तर्फबाट रुपेस छेत्रीले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement