महिला फूटबल लीगः हिमालयन फूटबल क्लब च्याम्पियन

IMG-20250818-WA0082

सिलगढ़ी: मिलनमोड़ फूटबल एकाडमी र मधुर मिलन संघको संयुक्त आयोजनमा जारी दोस्रो मिलनमोड़ वूमन्स सुपर लीग कम् नक्आउट फूटबल टुर्नामेण्ट २०२५ मा हिमालयन फूटबल क्लब, खरसाङ च्याम्पियन भयो। गुल्मा चियाबगान स्थित राँची मैदानमा आइतवार खेलिएको फाइनलमा हिमालयन एफसी-ले आयोजक मिलनमोड़ फूटबल एकाडमीविरुद्ध २-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट करिश्मा राईले दुवै गोल गरिन्। च्याम्पियन हुने टीमलाई मनमाया तामाङ स्मृति रनिंग विनर्स ट्रफीको साथमा १५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप हुने टीमलाई सुनिता तामाङ स्मृति ट्रफीको साथमा १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।


व्यक्तिगत पुरस्कारहरूमा हिमालयन एफसी टीमकी करिश्मा राईले प्लेयर अव् द म्याच र गुरमी तामाङले बेस्ट गोलकीपरको ट्रफी जितिन्। यसरी मिलनमोड़ फूटबल एकाडमी टीमकी ज्योति बरुवाले बेस्ट डिफेण्डर, देविका ओरावँले बेस्ट मीडफिल्डर र अनिश ओरावँले प्लेयर अव् द टुर्नामेण्ट को ट्रफी जितिन्। यसरी भेटरन्स टुर्नामेण्टमा मिलनमोड़ भेटरन्स च्याम्पियन भयो। फाइनलमा मिलनमोड़ भेटरन्सले रोयल भेटरन्सविरुद्ध पेनल्टी शूटआउटमा जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१ को बराबरीमा रहेको थियो।

टुर्नामेण्टको फाइनल अनि समापन समारोहमा मुख्य अतिथिको रूपमा भारतीय सीनियर महिला फूटबल टीमका प्रशिक्षक क्रिस्पिन छेत्री उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement