सुनिल छेत्रीलाई टीममा नराखिएको विषयमा स्पष्टीकरण दिए खालिद जमीलले

IMG-20250818-WA0078

भारतका नवनियुक्त मुख्य प्रशिक्षक खालिद जमीलले चमत्कारी स्ट्राईकर सुनिल छेत्रीलाई सीएएफए नेशन्स कपको निम्ति राष्ट्रिय टीमबाट बाहिर राखिएको विषयमा आफ्नो स्पष्टीकरण दिएका छन्। उनले नेशन्स कपलाई अक्टोबरमा हुने एशियाई कप क्वालीफाईंग चरणको महत्त्वपूर्ण म्याचहरू अघि केवल एउटा तयारी टुर्नामेण्ट बताएका छन्। यस महिनाको शुरुवातमा मनोलो मार्क्वेजको स्थानमा भारतीय टीमको मुख्य प्रशिक्षक बन्ने जमीलले शुक्रवार ताजिकिस्तान र उज्बेकिस्तानमा हुने आउँदो सीएएफए नेशन्स कपको निम्ति ३५ सम्भावित खेलाड़ीहरूका सूची जारी गरेका थिए, जसमा सुनिल छेत्रीको नाम रहेको छैन। जमीलले यसबारे अधिक केही नबताए पनि छेत्रीलाई ९ अक्टोबर (अवे म्याच) र १४ अक्टोबर (होम म्याच)-मा सिंगापुरविरुद्ध खेलिने एशियाई कप क्वालीफाईंग म्याचको निम्ति राष्ट्रिय टीममा सामेल गरिने सम्भावना रहेको स्पष्ट गरेका छन्। बेंगलुरुमा जारी राष्ट्रिय शिविरको दोस्रो दिन जमीलले भने, उनी (सुनिल छेत्री) यस शिविरमा छैनन् कारण हामी एउटा यस्तो टुर्नामेण्ट खेलिरहेका छौं जसले हाम्रो निम्ति एशियाई कप क्वालीफायरको निम्ति तयारीको काम गर्नेछ। म यस फिफा विण्डोको अवधि अन्य केही खेलाड़ीहरूलाई पनि प्रयोग गर्न चाहन्छु। मैले उनीसँग यसबारे कुरा गरेको थिएँ। टीममा सुनिल जस्ता खेलाड़ी हुनु खुशीको कुरा हो अनि उनको निम्ति दैलो सदा खुल्ला रहनेछ। उनी भारतीय फूटबलका दिग्गज हुन्। मैले उनीविरुद्ध खेलिसकेको छु, मैले उनलाई धेरैपल्ट खेलिरहेको हेरेको छु। उनी मलाई मनपर्ने खेलाड़ीहरूमा एक हुन्। उनी भारतीय फूटबलको निम्ति आदर्श हुन्।
बेंगलुरुमा राष्ट्रिय शिविर शनिवार शुरु भएको छ, जसमा २२ जना खेलाड़ीले अभ्यास गरिरहेका छन् अनि रहल १३ जना खेलाड़ीहरू डूरण्ड कपपछि शिविरमा सामेल हुनेछन्। सीएएफए नेशन्स कप ४८ वर्षीय जमीलको पहिलो अन्तर्राष्ट्रिय टुर्नामेण्ट हुनेछ। उनले यस टुर्नामेण्टलाई आफ्नो टीमको निम्ति असाधारण प्रतिद्वन्द्वीहरूविरुद्ध खेल्ने असल मौका बताए। जमीलले भने, यो नेशन्स कपमा भारतको पहिलो भागीदारी हुनेछ। टुर्नामेण्टमा हामीले ताजिकिस्तान र ईरान जस्तो मजबूत प्रतिद्वन्द्वीहरूविरुद्ध खेल्ने एउटा असल मौका पाउनेछौं। यो टुर्नामेण्ट निश्चित रूपले एएफसी एशियाई कप क्वालीफायरको तयारीहरूको निम्ति फाइदाजनक साबित हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement