ईंग्लिश प्रीमियर लीगः आर्सनलले जिते पनि चेल्सीको ड्र

IMG-20250818-WA0074

ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगिताको नयाँ सीजनमा आर्सनलले रोमाञ्चक जीतको साथ शुरुवात गऱ्यो जबकि चेल्सी चाहिँ निराशाजनक ड्र-मा रोकियो। आइतवार राति खेलिएको म्याचमा आर्सनलले म्यानचेष्टर युनाइटेडलाई १-०-ले पराजित गऱ्यो। गत सीजनमा चरम निराशाजनक प्रदर्शन गर्ने म्यानचेष्टर युनाइटेडको यस सीजनमा पनि शुरुवात हताशाजनक रह्यो अनि आफ्नो होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा ६२ प्रतिशत पोजेशनको साथ खेले पनि हारको सामना गर्नु पऱ्यो। आर्सनललाई म्याचको १३औं मिनटमा डिफेण्डर रिकार्डो कालाफियोरीले अग्रता दिलाए, जुन अन्तमा निर्णायक साबित भयो। यस जीतको साथ आर्सनल शुरुवाती म्याचबाट ३ पोइण्ट्स लिएर प्रीमियर लीग पोइण्ट्स टेबलमा गोल अन्तरको आधारमा छैटौं स्थानमा रहन पुग्यो। यसबीच चेल्सी र क्रिस्टल प्यालेसबीच खेलिएको म्याच चाहिँ गोलरहित (०-०) ड्र-मा समाप्त भयो। आफ्नो होम ग्राउण्ड स्टामफोर्ड ब्रीजमा ७२ प्रतिशत पोजेशनको साथ खेल्ने लगातार आक्रमण गरे पनि चेल्सीले गोल हासिल गर्न सकेन। यस ड्र-ले गर्दा दुवै टीमलाई १-१ पोइण्ट हासिल भयो। अन्य एउटा म्याचमा नटिंघम फरेष्टले ब्रेण्टफोर्डविरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट क्रिस वुडले २ गोल गरे। यस जीतपछि नटिंघम फरेष्ट ३ पोइण्ट्सको साथ पाँचौं स्थानमा रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement