गान्तोक: सिक्किमकी युवा फुटबल खेलाडी, पाकिम जिल्ला निवासी अभिष्ट बस्नेत साफ अण्डर-१७ टुर्नामेन्टको लागि इण्डिया अण्डर-१७ महिला राष्ट्रिय टोलीमा छनोट भएकी छन्।
यस उपलब्धिलाई सिक्किम महिला फुटबलकाे महत्वपूर्ण उपलब्धि बताउॅंदै सिक्किम फुटबल एसोसिएशन (एसएफए) ले बस्नेतलाई हार्दिक बधाई दिएको छ।
आज जारी एक विज्ञप्तिमा, एसएफएले उक्त जानकारी गराएको छ। एसएफएले भूटानमा हुने साफ अण्डर-१७ टुर्नामेन्टको लागि २३ सदस्यीय अण्डर-१७ राष्ट्रिय फुटबल टोलीमा पाकिमकी अभिष्ट बस्नेत छनोट भएको जानकारी गराउॅंदै खुशी व्यक्त गरेको छ। अल इण्डिया फुटबल फेडरेशनले गत जून २०२५ मा अण्डर-१७ महिला राष्ट्रिय दलको लागि आयोजना गरेको ट्रायलमा उनी छनोट भएको बताइएको छ। एसएफएले बस्नेतलाई उल्लेखनीय उपलब्धीको लागि हार्दिक बधाई दिॅंदै शुभकामना व्यक्त गरेको छ।