गान्तोक: सहकारिता क्षेत्रको निम्ति संयुक्त राष्ट्रले “सहकारिताद्वारा उत्तम विश्वको निर्माण” ध्येयका साथ २०२५ लाई “अन्तरराष्ट्रिय सहकारिता वर्ष” घोषित गरेको थियो। यसबीच सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले स्वतन्त्रता दिवसको राज्य स्तरीय कार्यक्रममा सिक्किमका श्रेष्ठ प्रदर्शनकारी सहकारीहरूलाई पुरस्कार प्रदान गरेका छन्। सामाजिक-आर्थिक विकासलाई गति प्रदान गर्नका साथै वित्तीय समावेशनलाई प्रोत्साहन, गर्ने लक्ष्य राखेर सम्मानित गरिएको थियो। यसअन्तर्गत लुइङ-पर्बिङ बहुउद्देश्यीय सहकारी समिति लिमिटेडलाई प्रथम पुरस्कार प्रदान गरियो। नाम्ची जिल्लाको किताम बहुउद्देश्यीय सहकारी समिति लिमिटेडलाई दोस्रो र पोलोक-बोरोङ बहुउद्देश्यीय सहकारी समिति लिमिटेडलाई तेस्रो पुरस्कार प्रदान गरिएको थियो। विजेता समितिहरूलाई क्रमश: १० लाख, ७ लाख र ५ लाख प्रदान गरिएको थियो। सिक्किम सहकारी क्षेत्रलाई सुदृढ बनाउनका साथै प्रोरित गर्न राज्यमा सहकारी समितिहरूलाई पहिलोपटक यसरी नगद पुरस्कार प्रदान गरिएको हो।