तादोङ दुर्गा मन्दिरमा जन्माष्टमी पूजा भव्यरुपमा पालन

IMG-20250817-WA0118

गान्तोक: श्रीकृष्ण जन्माष्टमीको अवसरमा हिजो गान्तोकको तादोङस्थित दुर्गा मन्दिरमा परम्परागत अष्टजाम पूजा श्रद्धा र भव्यताका साथ सम्पन्न गरियो। दुर्गा मन्दिर कृष्ण जन्माष्टमी समितिद्वारा आयोजित यो पूजालाई श्रद्धालुहरूले निरन्तर २२ वर्षदेखि सक्रिय सहभागिता र समर्पणका साथ मनाउँदै आएका छन्।
यस वर्ष पनि पूजामा २४ घण्टा लगातार “हरे राम, हरे कृष्ण” नामजप र हवन सम्पन्न गरियो। पूजाको प्रारम्भसँगै मण्डपमा श्रद्धालुहरूले पालैपालो उपस्थित रही परिक्रमा गर्ने परम्परा यसपालि पनि सम्मानपूर्वक पालना गरियो, जसले धार्मिक वातावरणलाई अझ पवित्र बनाएको थियो।
अष्टजाम पूजाको सफल आयोजनामा जजमानी सुरेन्द्र प्रसादसहित समुदायका अन्य वरिष्ठ सदस्यहरूको उल्लेखनीय योगदान रहेको समितिले जनाएको छ। सामूहिक एकता, धार्मिक आस्था र सांस्कृतिक परम्पराको संरक्षणमा केन्द्रित यस्ता आयोजनाहरूले समाजमा विशेष महत्व राख्ने र परम्परागत संस्कारलाई भावी पुस्तासम्म निरन्तरता दिन मद्दत गर्ने आयोजक समितिको भनाइ रहेको छ।
तादोङ र वरपरका क्षेत्रहरूबाट कृष्ण भक्तहरूको उल्लेखनीय उपस्थिति रहेको समारोह श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement