गेजिङमा तर्क प्रतियोगितासितै खुल्ला साहित्यिक प्रतियोगिता

IMG-20250817-WA0120

गेजिङ: ३४औं नेपाली भाषा मान्यता दिवसलाई लक्षित गरि भारतीय नेपाली साहित्य एवं सांस्कृतिक अनुसन्धान केन्द्र क्याङसामा अन्तर विद्यालयस्तरीय तर्क प्रतियोगिता साथै खुल्ला साहित्यिक प्रतियोगिता सम्पन्न भयो। कार्यक्रमका सरकारी ठेकेदार भीमनारायण तिवारी मुख्य अतिथि थिए। साथमा जिल्ला ग्राम पञ्चायत प्रतिनिधिहरु, विभिन्न विभागीय अधिकारी, विद्यालयका शिक्षक शिक्षिका, पश्चिम सिक्किम साहित्य प्रकाशनका सदस्यहरुलगायत स्थानीय भाषा प्रेमीहरूको उपस्थिति रहेको थियो। ३४औं नेपाली भाषा मान्यता दिवस समारोह समिति साथै पश्चिम सिक्किम साहित्य प्रकाशनको संयुक्त आयोजनमा सम्पन्न भइरहेको यस प्रतियिेगिताको पहिलो चरण गत १० अगस्तको दिन भएको थियो भने आज दोस्रो चरणको कार्यक्रम सम्पन्न भयो। आगामी २० अगस्तको दिन गेजिङ सामुदायिक भवनमा कार्यक्रम आयोजन हुनेछ। नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसुचिमा मान्यता दिलाउने पूर्व सांसद दिलकुमारी भण्डारीको उपस्थितिमा भव्य रूपमा पालन गरिने भएको छ। उक्त दिन साहित्य सम्बन्धित विभिन्न पुरस्कारहरू पनि प्रदान गरिने छ। जसमा अन्तरविद्यालयस्तर तर्फ प्रतियोगिताको फाइनल पनि हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement