गान्तोक: पश्चिम सिक्किमको मानेबुङ देन्ताम समष्टिका विधायक सुदेश कुमार लिम्बूकी आमा रत्नमाया लिम्बूको देहान्तमा मुख्यमन्त्री प्रेमसिंह तामाङले दुःख व्यक्त गरेका छन्। यस दुःखको घडीमा शोक सन्तप्त परिवार र साथीभाइप्रति उनले हार्दिक संवेदना प्रकट गर्दै उनको आत्माले अनन्त शान्ति पावोस्, र उनका प्रियजनहरूले छोडेर गएका स्मरणहरूमा शक्ति र सान्त्वना पाउन् भन्ने मुख्यमन्त्री तामाङले आफ्नो सामाजिक सञ्जाल मार्फत कामना गरेको उल्लेख गरिएकोछ।