पाकिस्तानको टी२० टीममा स्थान पाउन असफल बाबर र रिजवान

IMG-20250818-WA0003

लाहौर: त्रिदेशीय सीरीज र एशिया कपको निम्ति पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आइतवार १७ सदस्यीय टीमको घोषणा गऱ्यो, जसमा सलमान आगालाई कप्तान बनाइएको छ। यसबीच अनुभवी ब्याटर बाबर आजम र मोहम्मद रिजवानलाई टीममा स्थान प्राप्त भएन। एशिया कप टी२० प्रारूपमा खेलिनेछ अनि बाबर खेलको यस प्रारूपमा दोस्रो सर्वाधिक रन बनाउने ब्याटर हुन्। यसैकारण उनलाई टीममा सामेल नगरिनु उदेगलाग्दो फसेला हो। बाबरको वेष्ट इण्डिजविरुद्ध एकदिने सीरीजमा प्रदर्शन असल रहेको थिएन अनि उनले तीनवटा म्याचमा केवल ५७ रन बनाएका थिए। वेष्ट इण्डिजविरुद्ध टी२० सीरीजको अवधि चोटग्रस्त हुने फखर जमानलाई टीममा स्थान प्राप्त भएको छ। यसरी वेष्ट इण्डिजविरुद्ध सीरीजमा सर्वाधिक रन बनाउने सईम अयूब र अलराउण्डर हसन नवाज पनि टीममा स्थान बनाउन सफल भएका छन्। यसरी वेष्ट इण्डिज यात्रामा सर्वाधिक विकेट लिने पेस बलर नसीम शाहलाई चाहिँ टीममा सामेल गरिएन। त्रिदेशीय सीरीजमा पाकिस्तान, अफगानिस्तान र यूएई-को टीमले हिस्सा लिनेछ। यसरी एशिया कपको आयोजन ९-देखि २८ सेप्टेम्बरसम्म यूएईमा हुनेछ।
त्रिदेशीय सीरीज र एशिया कपको निम्ति पाकिस्तानको १७ सदस्यीय टीम यसप्रकार छः
सलमान अली आगा (कप्तान), अबरार अहमद, फहीम अशरफ, फखर जमान, हारिस रऊफ, हसन अली, हसन नवाज, हुसैन तलत, खुशदिल शाह, मोहम्मद हारिस (विकेटकीपर), मोहम्मद नवाज, मोहम्मद वसीम जूनियर, साहिबजादा फरहान, सईम अयूब, सलमान मिर्जा, शाहीन शाह अफरीदी र सुफियान मोकिम।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement