सोनादाको खोङ खोला पम्प हाउसमा पौडी खेल्ने‌ क्रममा डुबेर दुईजनाको दु:खद मृत्यु

IMG-20250817-WA0116

सोनादा: सोनादामा आईतबार साँझ एक दु:खद घटनामा पौडी खेल्ने क्रममा दुईजनाको मृत्यु भएको छ। अप्पर सोनादा ग्राम पञ्चायत‌ अन्तर्गत खोङ खोला पम्प हाउसमा पौडी खेल्ने क्रममा दुईजनाको दु:खद मृत्यु भएको छ। उक्त घटनामा अप्पर सोनादा ग्राम पञ्चायत अन्तर्गत छाता चौक सोनादा निवासी प्रकाश तामाङ (१६ वर्ष) र अप्पर सोनादा ग्राम पञ्चायत अन्तर्गत लहरे माने निवासी आर्यन तामाङ (१७ वर्ष) को घटनास्थलमा नै मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार सोनादा क्षेत्रका पाँचजना युवाहरु जंगलमा घुम्नु गएको र खोङ खोलाको पम्प हाउसमा पौडी खेल्दा उक्त घटना घटेको बताइएको छ। पाँचजनामा तीनजना पम्प हाउसको माथिल्लो पट्टि र दुईजना तल्लोपट्टि पानी बेसी भएको ठाउँमा पौडी खेल्दा दुईजनाको डुबेर मृत्यु भएको जानकारी प्राप्त भएको छ। दुवैको मृत शरीरलाई स्थानीयहरुको सहयोगमा सोनादा आउट पोष्टको पुलिसको‌ पहल र अगुवाईमा उध्दार गरिएको जानकारी प्राप्त भएको छ।

उक्त घटनामा अग्निशमन केन्द्रबाट कर्मचारीहरु, वन विभागका‌ कर्माचारीहरु र जोरबंगलो पुलिस थानाका पुलिसहरु पनि उपस्थित रहेका थिए। दुईजनाको मृत देहलाई उध्दार गरेर पोष्टमार्टमको लागि दार्जिलिङ पठाइएको बताइएको छ। यस घटनालाई लिएर स्थानीयहरुमा शोकको लहर छाएको छ भने घटनालाई लिएर जाँच शुरु गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement