ग्राण्ड फिनालेमा पुग्न सफल पहाडका छोरा वाङ्गे गुरुङलाई जिताउन भोट साथै सहयोगको अपिल

IMG-20250817-WA0113

खरसाङ: नेपालमा चलिरहेको भोइस अफ् युनिभर्समा दार्जिलिङ पहाडका छोरा वाङ्गे गुरुङ ग्राण्ड फिनालेमा पुग्न सफल बनेका छन्। हाल उनी केही दिनको लागि घर आएका छन्। तकदाह ग्लेनवर्ण समष्टिको तकदाह निवासी वाङ्गे गुरुङ फाइनलमा पुग्ने दार्जिलिङ पहाडका एक मात्र प्रतियोगी हुन्। त्यसैले उनलाई ‘मेरो भोइस युनिभर्समा जिताउन वाङ्गे गुरुङ फ्यान क्लब लागि परेका छन्। यसै क्रममा‌ आज वाङ्गे गुरुङ फ्यान क्लबका पदाधिकारीहरु खरसाङ आएका थिए। यसावधि वाङ्गे गुरुङ र फ्यान क्लबका पदाधिकारीहरुले खरसाङमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापालाई भेटघाट गरेका‌ थिए। त्यसरी बाङ्गे गुरुङ साथै टोलीले जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापालाई भेट गरेका थिए भने खरसाङमा कलाकार संगठनसित पनि भेटघाट गरेर सहयोगको लागि अपिल गरेका छन्।

यसै क्रममा वाङ्गे गुरुङ फ्यान क्लबका पदाधिकारीहरुले खरसाङमा पत्रकार सम्मेलन बोलाएर मेरो भोइस युनिभर्सको ग्राण्ड फिनालेमा पुग्न सफल बनेका पहाडका छोरा वाङ्गे गुरुङलाई जिताउन भोटको अपिल साथै सहयोगको लागि अपिल गरेका छन्। यसावधि वाङ्गे गुरुङ फ्यान क्लबका अध्यक्ष सुशोभित गुरुङले पत्रकारहरुलाई सम्बोधन गर्दै वाङ्गे गुरुङलाई जिताउन भोटको अपिल साथै सहयोगको लागि पनि अनुरोध गरेका छन्। उनले वाङ्गे गुरुङको लागि सोमबार दार्जिलिङको‌ चौरास्तामा कार्यक्रम आयोजना गरिने भएको पनि जानकारी गराएका छन्। यसको साथै मेरो भोइस युनिभर्सको ग्राण्ड फिनालेमा पुग्न सफल वाङ्गे गुरुङले‌ पनि भोटको अपिल साथै सहयोगको लागि सबैलाई निवेदन गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement