भारतीय युद्धपोत आईएनएस ‘अजय’ लाई सेवामुक्त

IMG_20220920_225727.jpg

नयाँ दिल्ली: पाकिस्तानालाई कारगिल युद्धमा आछु-आछु बनाउने भारतीय युद्धपोत आईएनएस ‘अजय’ लाई ३२ वर्षको शानदार सेवापछि सोमवार सेवामुक्त गरियो। सूर्यास्तको समय जहाजको राष्ट्रिय़ ध्वज, नौसेनाको पताका र डी-कमीशनिङ पेनेन्टलाई उतारिएको थियो, जुन कमीशनको सेवाको अन्त गरिएको प्रतीक थियो। आफ्नो सेवा अवधिमा यस जहाजले कारगिल युद्धमा अपरेशन तलवार र २००१ मा अपरेशन पराक्रम सहित धेरै नौसैनिक अभियानहरूमा भाग लियो। आईएनएस अजय (पी-३४) लाई २४ जनवरी १९९० मा तत्कालीन यूएसएसआरमा पोटी, जोर्जियामा कमीशन गरिएको थियो। महाराष्ट्र नेवल एरियाको संचालन नियन्त्रण अन्तर्गत 23औं पेट्रोल वेसल स्क्वाड्रनको हिस्सा थियो। जहाजले ३२ भन्दा धेरै वर्षहरूदेखि सक्रिय नौसैनिक सेवामा आफ्नो शानदार यात्रामा कारगिल युद्धमा अपरेशन तलवार र भारत-पाकिस्तान गतिरोधमा २००१-२००२ मा अपरेशन पराक्रममा आफ्नो क्षमताको प्रदर्शन गरेको थियो। यस बाहेक भारतीय नौसेनाका धेरै नौसैनिक अभियानहरूमा भाग लियो। २०१७ मा उरी हमलापछि जहाजलाई समुद्री सीमाको सुरक्षाको निम्ति तैनात गरिएको थियो।

राष्ट्रलाई ३२ वर्षको शानदार सेवा दिएपछि १९ सेप्टेम्बरमा सूर्यास्त हुनसाथ यस ‘समुद्री योद्धा’ लाई सेवादेखि मुक्त गरियो। सेवामुक्त गर्ने पारम्परिक समारोह मुम्बईको नेवल डकयार्डमा आय़ोजित गरियो। सूर्यास्तको समय अन्तिम पल्ट जहाजको राष्ट्रिय ध्वज, नौसेनाको पताका र डी-कमीशनिङ पेनेन्टलाई उतारियो, जुन कमीशनको सेवाको अन्तको प्रतीक थियो। कमीशनिङ कमाण्डिङ अफिसर वाइस एडमिरल एजी थपलियाल (सेवानिवृत्त), विशिष्ट अतिथि थिए। समारोहको अध्यक्षता पश्चिमी नौसेना कमानको फ्ल्याग अफिसर कमाण्डिङ-इन-चीफ वाइस एडमिरल अजेन्द्र बहादुर सिंहले गरे।
कार्यक्रममा जहाजको कमीशनिङ क्रू, पूर्व कमाण्डिङ अफिसर, वर्तमान क्रू, उनको परिवार र भारतीय नौसेनाका वरिष्ठ अधिकारीहरू सहित भारी संख्यामा कर्मीहरूले भाग लिए। कार्यक्रममा फ्ल्याग अफिसर, भारतीय सेना, भारतीय वायु सेना र भारतीय तटरक्षक बलका वरिष्ठ अधिकारी सामेल थिए। भारतीय सशस्त्र बलहरूका तीन सेवाहरूका ४०० भन्दा धेरै कर्मीहरू पनि उपस्थित रहे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement