राज्यपाल ठाकुरबाडी श्रीकृष्ण जन्माष्टमी पूजामा सामेल

IMG-20250816-WA0154

गान्तोक: सिक्किमका राज्यपाल ओमप्रकास माथुर आज गान्तोकस्थित ठाकुरबाडी मन्दिरमा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सहभागी भए। यस अवसरमा सम्पूर्ण जनताहरुलाई शुभकामना व्यक्त गर्दै भगवान श्रीकृष्णको जीवनले धर्मको मार्गमा चल्ने प्रेरणा दिने उल्लेख गरे। साथै, कृष्ण भगवानले दिनुभएको शिक्षा आत्मसात गर्दै दैनन्दिन जीवनमा अप्नाउनुपर्ने आग्रह गरे। कार्यक्रममा राज्यपालका सचिव जितेन्द्रसिंह राजे, गान्तोक नगर निगमकी उपमेयर छिरिङ पाल्देन भोटिया, ठाकुरबाडी मन्दिर समिति सदस्यहरू तथा श्रद्धालुजनको बाक्लो उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement