सत्तारूढ़ एसकेएम पार्टीका अध्यक्ष पीएस गोलेलाई लिगल नोटिस

IMG_20220920_230453.jpg

गान्तोक: सत्तारूढ़ एसकेएम पार्टीका अध्यक्ष पीएस गोलेलाई सामाजिक कार्यकर्ता पासाङ शेर्पाले लिगल नोटिस पठाएका छन्। उनले मानहानिको आरोप लगाउॅंदै लिगल नोटिस पठाएका छन्।
राजधानीम आज आयोजित एक पत्रकार सम्मेलनमा शेर्पाले उक्त जानकारी दिए। उनले एसकेएम पार्टीको आधिकारिक फेसबुक पेजबाट उनीलगायत उनकी धर्म पत्नीमाथि निराधार, तथ्यहीन, अपमानजनक र जातिवादी आरोपहरू लगाएको दाबी गरे। यस कारण हिजो मात्र एसकेएम पार्टीका अध्यक्ष विरूद्ध आफुले मानहानिको आरोप लगाउॅंदै लिगल नोटिस पठाएको उनले जानकारी गराए।
शेर्पाले उनको पैतृक सम्पत्ति नरहेको, पैतृक सम्पत्ति नभएका व्यक्तिले सीआईआई कसरी बनाए, बाहिरकी केटीसॅंग विवाह गरेको, बाहिरकी केटीले आफ्नो नाममा जमिन कसरी पंजीकरण गरिन् आदि जस्ता आरोपहरू लगाइएको बताए। यस क्रममा उनले आफ्ना पैतृक जमिन सम्बन्धित जानकारीहरू साझा गर्दै नाम्ची जिल्ला प्रशासनिक केन्द्रमा गएर कसैले पनि जॉंच गर्ने सक्ने चुनौती दिए।
यसै गरी, शेर्पाले उनकी धर्म पत्नी ओल्ड सेटलर्स समुदायकी सदस्या रहेको र उनले कानूनी रूपमा सीओआई प्राप्त गरेको अवगत गराए। कानूनी रूपमा सीओआई प्राप्त गरिसकेपछि उनी पनि अन्य खॉंटी सिक्किमे सरह सबै अधिकारका हकदार रहेको उनले स्पष्ट पारे। उनकी धर्मपत्नी बाहिरकी हुन् भन्ने आरोप पूर्ण रूपमा निराधार रहेको बताए। एकातिर, एसकेएमले महिला सशक्तिकरणको कुरा गरिरहेको र अर्कातिर एकजना महिला विरूद्ध अपमानजनक र जातिवादी बयान दिइरहेकोमा उनले घोर भत्सर्ना एवं विरोध जनाए।
यस अतिरिक्त, शेर्पाले आफ्नो लिगल नोटिसमा एक हप्ताभित्र एसकेएमले आफ्नो पेजबाट उक्त भिडियो हटाउनु पर्ने माग गरेको बताए। यसरी नै उनी विरूद्ध आधारहीन आरोपहरू लगाएकोमा माफी माग्नु पर्ने र भविष्यमा मानहानि हुने आरोपहरू नलगाउने माग गरेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement