सिक्किम सरकारले शुरु गऱ्यो श्रावणकुमार पुरस्कार

IMG-20250816-WA0153

गान्तोक: ७९औं स्वतन्त्रता दिवसको अवसरमा सिक्किम सरकारले आफ्नो महत्वाकांक्षी कार्यक्रम श्रावणकुमार पुरस्कारको विधिवत सुरुवात गरेको छ। यसै क्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट हिजो राजधानी गान्तोकको पाल्जोर स्टेडियममा आयोजित कार्यक्रम बीच गान्तोक जिल्लाको २२ ग्राम पञ्चायत एकाईका २२ जनालाई यो पुरस्कार प्रदान गरियो। यसरी नै राज्यका जम्मा १९९ वटा ग्राम पञ्चायत एकाईका एक-एकजनालाई यो पुरस्कार प्रदान गरिनेछ। पुरस्कारस्वरुप एक-एक लाख रुपियाँ पनि प्रदान गरिनेछ।
उल्लेखनीय छ, आफ्नो जन्मदाता आमा-बाबुको असल हेरचाह गर्ने छोरा-छोरीलाई सरकारले प्रोत्सहानस्वरुप श्रावणकुमार पुरस्कार प्रदान गर्ने निर्णय लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement