केन्द्रीय योजनाहरु लागू गर्ने पूर्वोत्तरमै सिक्किम पहिलो राज्य होः कृषि मन्त्री

IMG-20250816-WA0149

पाकिम: रंगेली स्वतन्त्रता दिवस समारोह समितिको आयोजनमा महकुमा स्तरीय ७९ औँ स्वतन्त्रता दिवस समारोह रंगेली बजार परिसरमा सम्पन्न भयो। कार्यक्रममा क्षेत्र विधायक एवं सिक्किम सरकारका कृषि वागवानी, पशुपालन, पशु चिकित्सा एवं मत्स्यपालन विभागीय मन्त्री पूरणकुमार गुरूङ मुख्य आतिथिकारूपमा उपस्थित थिए। राष्ट्रिय झण्डा उत्तोलनसँगै राष्ट्र गीतबाट शुरू भएको कार्यक्रममा पुलिस विभाग तथा विभिन्न स्कूलका विद्यार्थीहरूद्वारा परेड प्रस्तुत गरिएको थियो। मुख्य अतिथि मन्त्री गुरुङले सम्बोधनको क्रममा राष्ट्रले आफ्नो स्वतन्त्रताको ७९ वर्ष पुरा गरेको अवसरमा शुभकामना व्यक्त गर्दै स्वतन्त्रता सङ्ग्राममा बलिदान दिने वीरहरूको सम्झाना गरे। उनले स्वतन्त्रता दिवसको राष्ट्रिय थिम ‘विकसित भारत २०४७’ अनि सिक्किम राज्यको थिम राज्य स्थापनाको ५० वर्षको अवसरमा “सुलोलो सम्रिद्ध अनि सामर्थ सिक्किम” रहेको बताए। राज्यले भारतको अभिन्न अंग भए पश्चायत विभिन्न उपलब्धि हासिल गरेको बताए। उनले सरकारद्वारा गरिएका विभिन्न योजनाहरूबारे जानकारी गराउँदै सिक्किमले स्वास्थ्य अनि शिक्षाको क्षेत्रमा धेरै कार्य गरेको बताए। भारत सरकारको योजनाहरू लागू गर्ने पूर्वोत्तर राज्यहरूमा सिक्किम पहिलो स्थानमा रहेको दाबी मन्त्री गुरुङको थियो। यसै वर्षको अप्रेल महिनादेखि रंगेली मार्ग भएर नथुला पास शुरू गरिएको बताउँदै यसबाट रंगेलीमा पर्यटकहरू धेरै भित्रिने बताए। उनले पाकिम जिल्लामा पशु चिकित्सा महाविद्यालयको स्थापनाको निम्ति प्रक्रिया चलिरहेको बताए। यस क्षेत्रमा महकुमास्तरीय न्यायालयको स्थापना गर्ने योजना रहेको जानकारी गराए। आज नशालु पदार्थ सेवन ठूलो समस्या रहेको बताउँदै युवाहरूलाई नशालुपदार्थको लतमा नलागेर स्वनिर्भर बन्नेपनि आह्वान गरे। कार्यक्रममा मुख्य अतिथिको बाहुलीबाट रंगेली बजार निवासी सेवानिवृत्त नर्स मोतीमाया राई, रंगेली पुलिस विभागका उपनिरीक्षक रामकुमार कार्की, पुलिसहरु अर्जुन छेत्री, केवल छेत्री अनि सुकमान प्रधानलाई सम्मान जनाइयो। सिक्किम सरकारको पहलमा शुरू गरिएको ‘मेरो रूख मेरो सन्तति’ कार्यक्रमअन्तर्गत क्षेत्रका दुई लाभार्थी परिवारहरूलाई दसहजार आठसय सहितको ब्यांक पासबुक प्रदान गरियो। यसरीनै सिक्किम सरकारको ३५ प्रतिशत सब्सिडि अन्तर्गतको किसान क्रैडिट लोनका चार लाभार्थिहरूलाई चेक प्रदान गरियो। कार्यक्रममा प्राथमिक अनि माध्यमिक तहको परेड, देशभक्ति गीत अनि नृत्य प्रस्तुत गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement