तीनधारेको‌ भानु ग्राममा पैह्रोले घर तान्ने अवस्थामा

IMG-20250816-WA0144

खरसाङ: तीनधारेको भानु ग्राममा पैह्रोले‌ एक घर तान्ने अवस्थामा देखिएको छ‌।‌ तीनधारेको भानु ग्राम निवासी दिपक प्रधानको घर पैह्रोले तान्ने अवस्थामा देखिएको छ।‌ गत १२ अगस्तमा पानी झरीले पैह्रो गएर घर तान्ने अवस्थामा रहेको तर जनप्रतिनिधिहरु कोही पनि निरीक्षणमा नआएको साथै कुनै सहयोग नपाएको आरोप लगाएका छन्।‌ पैह्रो पिढीत दिपक प्रधानले बताए अनुसार उनको घरमुनिको पैह्रो सन् २०१७ मा नै गएको तर कतैबाट पनि मरमत्ति नभएको कारणले गर्दा अहिले वर्षैपछि पैह्रो बढ्दै गएको र यसपाली घर तान्ने अवस्थामा रहेको बताएका छन्‌। उनले यसपाली पनि आफ्नो घरमुनि पैह्रो गएपछि सबैतिर जानकारी गराए पनि कतैबाट पनि सहयोग प्राप्त नभएको जानकारी गराएका छन्।‌ दिपक प्रधानले अघि बताए अनुसार स्थानीय ग्राम पञ्चायतको तर्फबाट पनि कुनै सहयोग प्राप्त नभएको आरोप लगाएका छन्। उनले पञ्चायत सदस्य योगराज प्रधानले आएर पोलिथिन दिएर सहयोग गरेको जानकारी गराएका छन्। तर उनले यो आफ्नो पैह्रो मरमत्तिको लागि सम्बन्धित विभागबाट स्थायी रुपमा सहयोग होस् भन्ने चाहेको बताएका छन्। उनले २०१७ मा पैह्रो गएपछि पैह्रो मरमत्तिको लागि पहल गरेको र सबैतिर गुहार लगाए पनि काम नभएको आरोप लगाएका छन्। उनले आफ्नोे घरमुनिको पैह्रो मरमत्तिको लागि जनप्रतिनिधिहरु सबैलाई निवेदन चढाएको बताएका छन्।‌ उनले अहिले घडी बर्षाको समयमा घरमा रहनु निक्कै खतरा उत्पन्न भएको र डरसरि बस्नु पर्ने अवस्था रहेको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement