बौध्द गयाको परिचालन व्यवस्था अनि निरीक्षण कमिटी सम्पूर्ण रुपले बौध्दहरुको अधीनमा हुनु पर्ने मांगमा खरसाङमा‌ मसाल शान्ति यात्रा

IMG-20250816-WA0129

खरसाङ: बौध्द गयाको परिचालन व्यवस्था अनि निरीक्षण कमिटी सम्पूर्ण रुपले बौध्दहरुको अधीनमा हुनु पर्ने मांगलाई थप सहयोग पुर्याउन अल ईण्डिया बुध्दिष्ट फोरम केन्द्रीय कमिटी अगुवाईमा खरसाङ महकुमा कमिटीबाट मसाल शान्ति यात्रा निकालिएको छ। उक्त मसाल शान्ति यात्रा टुरिस्ट लञ्जबाट शुरु भएर खरसाङको वर्ध्दमान रोड हुँदै खरसाङको मोटर स्ट्याण्डमा‌ आएर पथ सभामा परिणत भएको छ।

उक्त पथ सभालाई आकाश लामाले सम्बोधन गरेका थिए। उनले विश्वको कुनै पनि धार्मिक पर्यटन स्थल र धार्मिक तीर्थस्थललाई आफ्नो धर्मको मानिसहरुले सञ्चालन गर्ने तर बुध्द गयामा सञ्चालन समिति बौध्द धर्मकाहरु नभएको कारणले बौध्द गयामा परिचालन गर्ने र निरीक्षण कमिटी सम्पूर्ण रुपमा‌ बौध्दहरुमा हुनु पर्ने मांग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement