सयदिने रोजगारको ढोका खोल्न पहाडका सबै दलहरु एक मञ्चमा आउन पर्ने मार्क्सवादी कम्युनिष्ट पार्टी (माकपा)-को आह्वान्

IMG-20250816-WA0127

दार्जीलिङ: गतिरोधमा परेको सयदिने रोजगारको ढोका खोल्न पहाडका सबै दलहरु एक मञ्चमा आउनपर्ने मार्क्सवादी कम्युनिष्ट पार्टी (माकपा)-ले आह्वान गरेको छ। संवैधानिक रुपले ग्यारेण्टी भएको उक्त रोजगारको अनियमिततामाथि जागरुकता ल्याउन पार्टीले साङ्गठानिक पकडअनुसार जनसम्पर्क कार्यक्रम सुरु गर्ने माकपा नेता समन पाठकको भनाइ छ। कानुनन् ग्यारेण्टी भएको सयदिने रोजगारमार्फत जनतासम्म पैसा पुगेको हेर्न नचाहने राज्य सरकारले अहिले सर्कल बनाएर पूजा कमिटिहरुलाई अनुदान वितरण गर्दै भोटको राजनीति गरिरहेको पाठकले आरोप कसेका छन्।
दलीय नेता रतनलाल ब्राह्मणको १२५औं जन्म जयन्ती समारोहअवधि मिडिया संवादअवधि उनले एकातिर एसआइआर-को निँहुमा जात अनि धार्मिक सम्प्रदायमाथि भाजपा र आरएसएस-को षडयन्त्र र हमलाको विरोध जनाउने बताए भने अर्कोतिर चियाबारी, सिन्कोना अनि डीआइ फण्डको भूमि मुद्दालाई किसान आन्दोलनसँग जोडेर अघि बडाइने जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement