सोनादा हाई स्कूलको पत्रिका खुड्किलो लोकार्पण

IMG-20250816-WA0124

सोनादा: सोनादा उच्चत्तर माध्यमिक विद्यालयको भित्ते पत्रिका खुड्किलोको स्वतन्त्रता दिवस विशेषाङ्कको लोकार्पण गरिएको छ। सोनादा उच्चत्तर माध्यमिक विद्यालयमा ७९औं स्वतन्त्रता दिवस समारोह साथै पत्रिका लोकार्पण गरिएको छ। स्वतन्त्रता दिवसको अवसरमा विद्यालय परिसरमा राष्ट्रिय झण्डा उत्तोलन गरिएको छ। त्यसपछि सोनादा हाई स्कूलको पत्रिका खुड्किलोको‌ स्वतन्त्रता दिवस विशेषाङ्क अतिथिद्वय पत्रकार किरण छेत्री र रसिक छेत्रीको बाहुलीबाट रिबन काटेर गरिएको छ। यस खुड्किलो पत्रिकाको सम्पादक शिक्षक नरेश कटुवाल रहेका छन्‌। त्यसरी नै यस पत्रिकामा विद्यार्थी नानीहरुले लेखेका कथा, कविता, निबन्ध, लेख, चित्रकला, क्राफ्ट आदि समावेश गरिएको छ। यस कार्यक्रममा सोनादा उच्चत्तर माध्यमिक विद्यालयको शिक्षक प्रभारी दिपेन्द्र मुखिया लगायत शिक्षक शिक्षिकाहरु उपस्थित रहेका थिए।

About Author

Advertisement