युवा साहित्य सर्जक सञ्जीव छेत्रीलाई पहिलो असीत राई स्मृति साहित्यिक सम्मान प्रदान

IMG-20250816-WA0117

खरसाङ: खरसाङका क्षेत्रका युवा साहित्य सर्जक सञ्जीव छेत्रीलाई पहिलो असीत राई स्मृति साहित्यिक सम्मान प्रदान गरिएको छ। खरसाङ पञ्चायत समितिको तर्फबाट यसपालीदेखि खरसाङ खण्ड क्षेत्रका विभिन्न विधामा योगदान दिने विशिष्ट व्यक्तिहरुको नाममा विभिन्न व्यक्तिहरुलाई सम्मान प्रदान गरिने घोषणा गरिएको छ। यसपालीदेखि‌ खरसाङ पञ्चायत समितिको तर्फबाट शुरु गरिएको विभिन्न सम्मानहरुमा खरसाङ खण्ड अन्तर्गत सिटोङ एक ग्राम पञ्चायतको डायरी गाउँ निवासी युवा स्रष्टा एवं कथाकार सञ्जीव छेत्रीलाई असीत राई स्मृति साहित्यिक सम्मान प्रदान गरिएको छ।‌ उनलाई खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री र खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीको बाहुलीबाट खदार्पणसहित शल ओढाएर साथै जातीय टोपी पहिराएर अनि सम्बर्ध्दना पत्र प्रदान गरेर सम्मानित गरिएको छ।
उनीसितै चमनसिंह गुरुङ स्मृति खेलकूद सम्मान खरसाङको सन्त मेरिज निवासी एंव भारतीय महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक क्रिस्पिन छेत्रीलाई प्रदान गरिएको छ। त्यसरी नै प्रतापसिंह लोहार स्मृति संगीत सम्मान तीनधारे निवासी बरुण रसाइलीलाई प्रदान गरिएको छ भने फादर आब्राहाम शैक्षिक सम्मान गाडीधुरा निवासी जुनियर स्यान्टिस किरण बराइकलाई प्रदान गरिएको छ। उक्त सम्मानहरु १५ अगस्तको दिन लाटपञ्चार खेल मैदानमा आयोजना गरिने ७९औं स्वतन्त्रता दिवस समारोहमा‌ प्रदान गरिएको छ। उक्त विभिन्न सम्मानहरु खरसाङ पञ्चायत समितिको तर्फबाट प्रत्येक वर्ष प्रदान गरिने भएको छ। युवा सर्जक सञ्जीव छेत्रीले लामो समयदेखि भारतीय नेपाली साहित्यको सेवामा विशिष्ठ योगदान दिन्दै आईरहेका छन् भने उनी हाल खरसाङमा ज्ञानकुञ्ज बुक्स नामक प्रकाशन हाउसमार्फत् पनि साहित्य सेवामा निरन्तर लागि परेका छन्। सञ्जीव छेत्रीको पहिलेबाट नै धेरै कृतिहरु प्रकाशित छन्। उनको संयुक्त गजल संग्रह ‘तरल मुटुहरु’ प्रकाशित छन् जुन भारतीय नेपाली साहित्यमा पहिलो गजल संग्रह मानिन्छ। उनको ‘साँचो जस्तै कथाहरू’ नामक कथा संग्रह प्रकाशित छन् जसले २०१६ को युवा साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए। उनले थुप्रै पत्र पत्रिकाहरु सम्पादन पनि गरिसकेका छन्‌‌ भने उनको कथा,कविता, गजल र गीत संग्रहहरु प्रकाशोन्मुख छन्।

About Author

Advertisement