एक युवक चोरी गरेको बाइकसितै पक्राउ

photocollage_202292022810326.jpg

सिलगढी: प्रधान नगर थाना पुलिसले चोरी गरेको बाइक सहित एकजना युवकलाई पक्राउ गरेको छ।त्यस व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गर्यो। चोरीको मामिलामा पक्रा परेका युवक असीम सरकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार, गत १० मईमा सालबारीबाट एउटा बाइक चोरी भएपछि यसबारे थानामा अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले बाइक चोर शहरबाट बाहिर गइसकेको थाहा पाए। यसपछि पुलिसले आरोपीलाई पक्रिनको लागि लगातार प्रयास गरिरहेको थियो भने गत राति बाइक चोर समर नगरस्थित आफ्नो घरमा आइपुगेको गोप्य सुइँको पाएपछि पुलिसले उक्त इलाकामा अभियान चलाएर आरोपीलाई घरबाट बाइक सहित पक्राउ गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement