दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०९औं संस्करण मा घूम-जोरबंग्लो स्पोर्टिंग क्लब च्याम्पियन भयो। गोर्खा स्टेडियम (लेबोंग)-मा खेलिएको रोमाञ्चक फाइनल म्याचमा घूम-जोरबंग्लो स्पोर्टिंग क्लबले १०७ टेरिटोरियल आर्मी (टीए)-विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट कमल खवास र दोर्जे तामाङले गोल गरे। यसरी १०७ टीए-को तर्फबाट लाक्पा तामाङले गोल गरे। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई प्रतिष्ठित हर्ली मेमोरियल कपको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनर अप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

आज फाइनल म्याच मा प्रणय साहा रेफरी रहेका थिए। यसरी अशोक रोय र सुब्रतो धर सहायक रेफरी थिए। पवन थामी ले फोर्थ अफिसियल को भूमिका निर्वाह गरेका थिए।