खरसाङमा ७९औं स्वतन्त्रता दिवस समारोह सम्पन्न

IMG-20250815-WA0119

खरसाङ: खरसाङ नगरपालिका र सूचना अनि सांस्कृतिक विभाग खरसाङको‌ संयुक्त आयोजनामा आज खरसाङमा ७९औं स्वतन्त्रता दिवस समारोह सम्पन्न भएको छ। खरसाङको मन्टिभियट खेल मैदानमा आयोजना गरिएको स्वतन्त्रता दिवस समारोहको अध्यक्षता सूचना अनि सांस्कृतिक विभाग खरसाङको‌ प्रभारी गोबिन छेत्रीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ उपस्थित रहेका थिए। सबिना गिरी र सबिता छेत्रीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण गोबिन छेत्रीले राखेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक, खरसाङ महकुमा पुलिस अधिकारी एसडीपीओ आईपीएस निरजा अनीश शाह, कार्यकारी सभासद कल्पना प्रधान, सभासद श्याम शेर्पा, रोगी कल्याण समितिको सभापति दिवस छेत्री, कार्यकारी अधिकारी कैलाश प्रसाद लगायत अन्यहरु उपस्थित रहेका थिए। ७९औं स्वतन्त्रता दिवसको अवसरमा प्रमुख अतिथि खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरूङको बाहुलीबाट राष्ट्रिय झण्डा उत्तोलन गरिएको थियो। उनले नै सलामी पनि लिएका थिए।

कार्यक्रममा खरसाङ क्षेत्रका २७ वटा जति विद्यार्थीहरुले सहभागिता जनाएका थिए भने सन्त अल्फन्सेस विद्यालय र सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूले ब्याण्डको प्रस्तुति दिएका थिए। कार्यक्रममा विभिन्न स्कूलहरुका विद्यार्थीहरूले‌ नृत्य प्रस्तुत गरेका थिए भने सूचना अनि सांस्कृतिक विभागको कलाकार रिता गिरीले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा यस वर्षको माध्यमिक, उच्च माध्यमिक, आईसीएसई, आईएससी, सीबीएसई परीक्षाहरुमा उत्कृष्ट अंक ल्याउने छजना विद्यार्थीहरुलाई सम्बर्ध्दना जनाइएको छ। त्यसरी नै कार्यक्रमको अवधि छद्म भेष प्रतियोगिता पनि आयोजना गरिएको थियो। ७९औं स्वतन्त्रता दिवस समारोहमा म्याराथनको पनि आयोजना गरिएको थियो। उक्त म्याराथनको पुरुषवर्गमा दार्जिलिङका दुर्गाप्रसाद बूढा प्रथम, कालेबुङका विकास भुजेल दोस्रो र गेजिङ सिक्किमका गंगाहाङ सुब्बा तेस्रो भएका थिए।

त्यसरी नै महिलावर्गमा प्रथम सुरुक समथार निवासी प्रिया तामाङ, दोस्रो बिजनबारी निवासी सम्झना सुब्बा र तेस्रो पनि बिजनबारी निवासी बन्दना सुब्बा भएका छन्। कार्यक्रममा विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिने विशिष्ट व्यक्तिहरुलाई पनि सम्मान जनाइएको छ भने स्वतन्त्रता सेनानीहरुका परिवारका सदस्यहरुलाई सम्मान पनि जनाइएको छ। यस कार्यक्रममा मार्च पास्टसमा बोइसमा सन्त अल्फन्सेस विद्यालय र गर्ल्स वर्गमा सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालय बिजयी बनेका छन्। खरसाङमा आयोजित ७९औं स्वतन्त्रता दिवस समारोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आयोजक समितिको सचिव एंव खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले यसपालीको स्वतन्त्रता दिवस समारोह एकदमै सफल‌ भएको बताउँदै समारोहमा सहभागी बनेका खरसाङ क्षेत्रका विभिन्न विद्यालयहरुप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement