कालेबुंग: शमशेर अलीका नयाँ पुस्तक “खँदुवा बन्दुक “को लोकार्पण कार्यक्रम उपासक पुस्तक पसल डम्बर चौक कालेबुंगमा सम्पन्न भएको छ।
अहिलेसम्मका आठ वटा पुस्तकहरू प्रकाशित भइसकेका छन्। बिउ भाले, सोन्दाती गोर्खा मोल्तो ब्योनी, हुट्टी ट्याउँ, आफ्रीन, मामा, अबुई, द लास्ट डान्स, खँदुवा बन्दुक हुन्।
कालेबुङमा जन्मनु भएका साहित्यकार अली एक लोकप्रिय कलाकार पनि हुन्। उहाँका पुस्तकहरु, पुस्तक दाेकानमा पुग्ने बित्तिकै पाठक हरुको घुइँचोका बिच बिक्री हुन्छन्।
प्रकाश कोबिद पछिका कथाहरू लेख्ने मध्ये समशेर अली एक हुन्। उहाँका कथाहरू सरल र सरस हुन्छ।
उहाँका मौलिक कथाहरूमा अरु कथाकारहरूभन्दा छुट्टै छाप पाइन्छ। उहाँका कथाको लेखन र प्रस्तुतिले नै सबै पाठकहरुलाई पत्रहरु मार्फत स्वाद पस्कने गरेका छन्।
उहाँको लोकर्पण कार्य पनि उत्तिकै अद्वितीय रहयो। आफ्ना पुस्तकहरू पसलमा दिएर सबैलाई त्यही निमन्त्रणा दिन्छन्। पुस्तकसित ससाना उपहारहरू पनि राखिदिएको हुन्छ।
लोकार्पण कार्यक्रममा न सभापति हुन्छन्, न कथामाथि चर्चा गरी दिने कोही हुन्छन्। कविता र धन्यवादहरू पनि त्यहाँ हुँदैनन्। लोकार्पण कार्यक्रम बिहानदेखि बेलुकीसम्म हुन्छ र पाठकहरू त्यस समय अवधिभरी जहिले उपस्थित दिन सक्नेछन्। अलीका हस्ताक्षर सहितका पुस्तकहरू पाठकहरूले पाउनेछन्।
आज स्वतन्त्र दिवसको पूर्व शुभदिनमा अलीले सबैलाई स्वतन्त्रता दिवसको शुभकामना टक्राउँदै आफ्नो लोकार्पण कार्यक्रम उद्घाटन गर्नु भयो।
सो अबसरमा सम्पूर्ण पाठकहरूलाई स्वागत गर्दै धन्यवाद टक्रयाए।