कालचिनी- न्यू हॉंसीमारा तृणमूल कार्यालयमा आज क्षेत्रका ५ जना आवश्यकमन्द दिव्याङ्गहरूलाई निःशुल्क व्हील चेयर वितरण गरिएको जानकारी तृणमूल साताली ग्राम पञ्चायतका अञ्चल सभापति कैलाश छेत्रीले दिएका छन्|
आज उक्त अवसरमा तृणमूल माइनोरिटी सेल अलिपुरद्वार जिल्ला संयोजक उदय मोचारी लगायत अञ्चल सभापति कैलाश छेत्री एवम् अन्यान्य नेतृत्वहरूको उपस्थिति साथै व्हील चेयरदाता एनजीओका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो|









