द. अफ्रिकाविरुद्ध वनडे सीरीजको निम्ति कुहनेम्यान र हार्डी अष्ट्रेलियाई टीममा सामेल

IMG-20250814-WA0126

मेलबर्न: अष्ट्रेलियाले १९ अगस्तदेखि दक्षिण अफ्रिकाविरुद्ध शुरु भइरहेको आउँदो वनडे सीरीजको निम्ति तीन प्रमुख खेलाड़ीहरूको चोटले गर्दा स्पिनर म्याथ्यू कुहनेम्यान र पेस बलिंग अलराउण्डर आरोन हार्डीलाई टीममा बोलाएको छ। म्याथ्यू शर्ट (साइड स्ट्रेन) र मिचेल ओवेन (कनकशन)-को ब्याटिंग जोड़ीको साथमा अलराउण्डर लान्स मोरिस (ढाड़को चोट) तीनवटा वनडे म्याचको सीरीजको निम्ति उपलब्ध रहनेछैनन्। यी तीनजनाको स्थानमा कुहनेम्यान र हार्डीलाई अष्ट्रेलियाई टीममा सामेल गरिएको आईसीसीले जनाएको छ। शर्टलाई हालै वेष्ट इण्डिजविरुद्ध खेलिएको सीमित ओभरहरूको सीरीजको अवधि अभ्यास सत्रमा चोट लागेको थियो। यसरी मोरिसले ढाड़मा यन्त्रणाको नालिश गरेका हुनाले उनलाई उपचारको निम्ति पर्थ पठाइएको छ। यसरी ओवेनलाई दक्षिण अफ्रिकाविरुद्ध दोस्रो टी२०आई म्याचको अवधि हेटमेटमा बलले लागेको थियो। अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच तेस्रो तथा अन्तिम टी२०आई म्याच शनिवार खेलिनेछ। टी२० सीरीज अहिले १-१-को बराबरीमा रहेको छ। यसरी वनडे सीरीजको पहिलो म्याच केर्न्समा खेलिनेछ। त्यसपछि दोस्रो र तेस्रो वनडे म्याच क्रमशः २२ र २४ अगस्तमा खेलिनेछ।
अष्ट्रेलियाको वनडे टीम यसप्रकार छः
मिचेल मार्श (कप्तान), जेवियर बार्टरलेट, एलेक्स केरी, बेन ड्वारशुइस, नाथन एलिस, क्यामरन ग्रीन, आरोन हार्डी, जोश हेजलवुड, ट्रेविस हेड, जोश ईंग्लिश, म्याथ्यू कुहनेम्यान, मार्नस लाबुशेन र एडम जाम्पा।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement