स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा राजभवनमा रक्तदान शिविर

IMG-20250814-WA0123

गान्तोक: ७९औं स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा आज राजभवन परिसरमा रक्तदान शिविर आयोजन गरियो। राज्यपाल ओम प्रकाश माथुरको मार्ग निर्देशनमा आयोजित रक्तदान शिविरमा एसटीएनएम अस्पतालका ट्रान्सफ्यूजन मेडिसन विभागद्वारा आयोजन गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपालले रक्तदानलाई “जीवनदान” भन्दै यस पवित्र कार्यमा सहभागी हुन सबै नागरिकहरूलाई आग्रह गरे। उनले विभागका अधिकारीहरू र कर्मचारीहरूसँग अन्तर्क्रिया गर्दै राज्यमा नियमित रूपमा यस्ता शिविरहरू आयोजना गर्नुपर्ने सुझाउ दिए। यस अवसरमा राजभवन परिवार, भारत-तिब्बत सीमा पुलिस, सिक्किम राइडर्स क्लब, युवा भारतीय सिक्किम च्याप्टर र युवा पुस्ता स्थानीय ट्याक्सी चालक-कम-ओनर्स एसोसिएसन, गान्तोकका प्रतिनिधिहरू सहित विभिन्न क्षेत्रका नागरिकहरूले यस शिविरमा उत्साहपूर्वक भाग लिएका थिए। राज्यपालले उपस्थित सबैको सेवा र समर्पणको भावनाको प्रशंसा गर्दै यो पवित्र कार्यलाई निरन्तरता दिन प्रोत्साहित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement