गान्तोक: सिक्किम विश्वविद्यावलयका नवनियुक्त उपकुलपति प्रोफेसर शान्तानु कुमार स्वाविनले आज राज्यपाल ओमप्रकाश माथुरसँग राजभवनमा शिष्टचार भेट गरे। भेटको क्रममा उपकूलपतिले विश्वविद्लको निर्माण कार्यको वर्तमान अवस्थामाथि प्रतिवेदन राज्यपाल समक्ष प्रस्तुत गरे। विशेष गरेर दक्षिण जिल्लाको याङगाङमा निर्माण भइरहेको नयाँ भवनको प्रतिवेदन राज्यपाललाई बताउँदै नव निर्मित भवनको वर्तमान स्थितिबारे जानकारी गराउने उद्देश्यले प्रतिवेदन प्रस्तुत गरेका हुन्। नवनियुक्त उपकुलपतिलाई नयाँ जिम्मेवारीका लागि राज्यपालले बधाई दिँदै उनको नेतृत्वमा सिक्किम विश्वविद्यालयले नयाँ उपलब्धिहरू हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। उपकुलपति नेतृत्वमा विश्वविद्यालयले नयाँ उचाइ हासिल गर्ने विश्वास राज्यपालले राखे। यस अवसरमा विश्वविद्यालयका रेजिस्ट्रार लक्ष्मण शर्मा र हिन्दी विभागका सहायक प्राध्यापक डा. प्रदीप त्रिपाठी पनि सामेल रहेका थिए।